कास्की/ गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्वा गुरुङ्गले अवको विकास समावेशी विकास हुनु पर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिको कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाको घाचोकमा वुधवार राष्ट्रिय भेलालाई सम्वोधन गर्दै मुख्य मन्त्रि गुरुङ्गले यस्तो जोड दिएका हुन् । सो अवसरमा वोल्दै मुख्य मन्त्रि गुरुङ्गले विकास गर्दा आदिवासी जनजाति, महिला, पछि परेका समुदाय सवैलाई समेटेर सम्मान हुने गरी विकास गर्न सके मात्र दिगो विकास र दिगोपना दिन सक्ने वताए । त्यसो भयो भने मात्र समावेशी र दिगो विकास हुने मुख्य मन्त्रि गुरुङ्गको भनाई थियो ।

साथै मुख्य मन्त्रि गुरुङ्गले सत्ता वन्दुकको नालवाट जन्मिन्छ भनिन्थ्यो तर अव त्यसो होइन अव विकास वन्दुकको नालवाट जन्मिन्छ भन्नु पर्ने दिन पनि आउने हो की भन्दै प्रश्न गरे । उनले दिगो विकास गर्ने सन्दर्भमा धेरै प्रयास भए तर विकासको जिम्मा लिनेहरुले निस्कलंङ्गक भएर काम गरिहेको नपाएकाले अव राज्य अलिक कडा हुनु पर्छ, त्यसो भयो भने मात्र विकास दिगो हुन्छ भन्ने आफुलाई लागेको वताए । गुरुङ्गले भोटो र कछाडको मात्र कुरा गरेर पहिचान नआउने, हरेक समुदायको भाषा, संस्कार, संस्कृतिहरुलाई पनि राज्यले संगै लान सक्नु पर्नेमा जोड दिए ।

त्यसैगरी मुख्य मन्त्रि गुरुङ्गले आफु गुरुङ्गको छोरा भएर गण्डकी प्रदेशको मुख्य मन्त्रि भएर नेतृत्व गरिहँदा भन्ने गरेका छन्–प्रदेश नं.४ लाई तमुवान मगरात किन घोषणा भएन भन्ने प्रश्न उठेको वताए । उनले गण्डकी प्रदेशको अलवा तमुवान मगररात वनाउने विषयमा सर्व पक्षिय हिसावले कोहीकसैसंग सहमती नजुटेपछि घोषण्ण हुन नसकेको वताए ।

उनले सरकारी विदाको कटौती समवन्धमा भने– “मजदुर दिवश र वुद्ध जयन्तीलाई दिने विदा वाहेक अन्य सवै विदा हिन्दु धर्मसंग सम्वन्धित छ । आदिवासी जनजातिहरुले पाईरहेको ६ वटा विदा काटेर देश विकास हुन्छ ?” गुरुङ्गले चाडपर्वलाई वेवास्था गर्ने गृहमन्त्री हाम्रै जनजाति नै मगर छन् किन विदा दिदैन त ? भन्दै सघिय सरकारलाई प्रश्न गरे । आदिवासी जनजातिहरुको आत्मा सम्मानको लागी संघिय सरकारले विदा दिनु पर्नेमा जोड दिदै गुरुङ्गले भने– विदा काटेर देश धनि हुने होईन, आफ्नै पार्टीको संघिय सरकारलाई मैले पटक पटक विरोध गर्दै आएको छु ।”

उनले घाचोक गाउँको होम स्टेको व्यापक प्रचार प्रसार देशभरीका आदिासी जनजाति पत्रकारहरुलाई अनुरोध गर्दै गण्डकी प्रदेशले यो वर्ष ३ सय घरमा होमस्टे संचालन गर्ने तयारीमा लागेको वताए । संस्कृतिले धनी आदिवासी जनजातिहरु नै छन् । त्यसो भएकाले होम स्टेपनि आदिवासी जनजातिहरुको गाउँवस्तीहरुमा नै वढी मात्रा स्थापित हुँदै आएको वताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ्गको अध्यक्षतमा सम्पन्न राष्ट्रिय भेलामा वपिरष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका महासचिव दिलिप थापा, माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्ण वहादुर गुरुङ्ग, पत्रकार महासंघका नि.वर्तमान महासचिव उजिर मगर लगायतले नेपाल पत्रकार महासंघको (आज) फागुण ९ गते देखी पोखरामा शुरु हुने विधानसभामा राष्ट्रिय भेलामा छलफल हुने नयाँ विधानलाई समावेशि र समानुपातिक वनाउन सवै आदिवासी जनजाति पत्रकारहरु एक भएर खवरदारी गरिनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको संचालन महासचिव मनोज घर्ति मगरले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राखेका थिए । भेलाले संघिय समितिले तयार गरेको प्रदेश महाधिवेशन निर्देशिका–०७५ लाई सहभागी प्रतिनिधिहरु विच व्यापक छलफल गरी सुझाव सहित पारित गरिएको छ ।