देउराली । अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया इन्स्टिीच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) कलेज दर्ता नहुँदा त्यहाँ अध्ययनरत एक हजार भन्दा बढी नेपाली विद्यार्थीहरू विचल्ली बनेका छन् ।
स्नात्तकका लागि तीन वर्षे अध्ययन गर्नु पर्ने भए पनि दुई वर्षमात्र पढ्नुपर्ने, एक वर्ष छुट हुने बताएपछि डेढ वर्षदेखि अध्ययन गरिरहेका विद्यार्थीहरू अन्यौलमा परेका हुन् । उनीहरू अध्ययनरत कलेज रजिस्ट्रेड ट्रेनिङ अर्गनाइजेशन (आरटिओ) मा दर्ता नभएका कारण कलेजले मान्यता नपाउँदा विचल्ली बनेका हुन् ।

अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाइफ्रेट एक्याेडिटेसन काउन्सल (एएनएमएसी) र अष्ट्रेलियाको नर्सिङ र मिडवाइफ बोर्ड (एनएमबीए) बाट मान्यता प्राप्त गरेपछि नर्सिङ गराउन पाउने प्रावधान छ । तर, मान्यताबिनै नर्सिङको कोर्ष सञ्चालन गरेकाले ती विद्यार्थीहरूले अध्ययन गरेको डिप्लोमा मान्यता नहुने अष्ट्रेलियाबाट सञ्चालित एक अनलाइनले समाचार प्रकाशित गरेको छ ।

अर्बिट, एक्र्पट, डल्फिन, मर्सी, अल्फाबिटा, काठमाडौं इन्फोसेस, वेव, कङ्गारु एजुकेसन एण्ड फाउण्डेसन, सर्भिस, सनराइज, एड्गर्ड एजुकेसन पोखरा, एबिसी माइग्रेसन एण्ड एजुकेशन, प्रमेसलगायत कन्सलटेन्सीबाट उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरू अष्ट्रेलिया गएका थिए ।

अष्ट्रेलियाको व्यवसायिक शिक्षा र प्रशिक्षण क्षेत्रको राष्ट्रिय नियामकले उक्त कलेजले धेरै सर्तहरू उल्लङ्घन गरेको पत्ता लागेपछि एआइबीटीको दर्ता रद्द गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

4 1 2 3