विराटनगर/ मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी गुराँस पुस्ताकलयले जितेको छ । विराटनगर–१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबार सम्पन्न भएको फाइनलमा गुराँसले होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै उपाधी जितेको हो ।

फाइनल खेलमा १ सय ३८ रनकोे सामान्य लक्ष्य पछ्याएको होराइजनले ३१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १५ रनमा सिमित भयो । होराइजनका पुष्प थापाले ५८ रन बनाउँदा अमूत सिंहले १७ रनबाहेक अन्य खेलाडिले उल्लेपनिय प्रर्दशन गर्न सकेनन् । गुराँसका इसान क्षेत्रीले १० ओभर बलिङ गर्दै १ मेडन राख्दै २७ रन दिएर ७ विकेट लिए । फाइनल खेल उनी म्यान अफ द फाइनल समेत घाषित भए । त्यस्तै कृष्ण मण्डलले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४० ओभरमा सवै विकेट गुमाई १ सय ३७ रनको सामान्य योगफल तयार पारेको छ । गुराँस साकीव हकले ७७ रन बननाएदा र कुन्दन यादवले १३ रनको योगदान दिए । साकिवले ८१ बलमा ६ छक्का र र ६ चौका प्रहार गर्दै ७७ रन जोडेका थिए । होराइजनका दिपेश कडेलले ३ विकेट लिँदा पुष्प थापा र फिर्दोस अन्सारीले समान २–२ विकेट लिए ।

प्रतियोगिताभरिको उत्कृष्ट खेलाडी होराइजनका दिपेश कडेल घोषित भए । उनी उत्कृष्ट बलरसमेत भए । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान गुराँसका सकिव हक, उत्कृट विकेट किपर होराइजनका राजन मगर, उत्कृष्ट फिल्डर गुराँसका मिलन कार्की तथा अनुशासित टिम गुराँस पुस्तकालय घोषित भयो ।

विजय तथा अन्य खेलाडीहरुलाई संघिय साँसद अमनलाल मोदी, प्रदेश साँसद जयराम यादव, लायन्स क्लव अफ विराटनगर यङ हर्टका अध्यक्ष सनातन मण्डल र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष सुनील पौडेललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको खेलमा मोरङ जिल्लाको ८ वटा ए डिभिजन क्लवको सहभागि रहेको थियो ।