धरान/ फ्यानहरू आफ्ना मनपर्दा कलाकारले के गर्छन्, कस्तो जीवनशैली अपनाउँछन्, कस्तो घरमा बस्छन् रु भनेर चासो राख्ने गर्छन् ।

अझ बलिउडका कलाकारहरूको जीवनशैलीप्रति त झनै बढी चासो हुने गर्छ फ्यानको । पछिल्लो समय कैटरिना क्याफको जीवनशैली, उनी कस्तो घरमा बस्छिन् भन्ने चासो उनका फ्यानलाई हुनु स्वभाविकै हो ।

तर, यसक्रममा कैटरिनाले पनि आफ्ना फ्यानलाई उनी कस्तो जीवनशैली तथा घरमा बस्छिन् भन्ने बारेमा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने गरेकी छन् । उनको घरको भित्री सजावट निकै सुन्दर देखिएको छ । भित्री सजावट ‘क्लासिक’ रहेको छ ।