देउराली । लोकदोहोरी गायक पशुपति शर्माले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंङ्ग्य गर्दै नयाँ गीत सार्वजनिक युट्युबबाट नयाँ गीत सार्वजनिक गरेका थिए । युट्युबमा अपलेड भएकाे केही समयमै उक्त गीतले भाइरल बनेकाे थियाे ।

विशेषगरी नेपालमा भएका भ्रष्टचार र बेथिती माथी कटाक्ष गरीएकाे उक्त लाेकलाेहीरी गीतमा नेपालकाे जल्दाे बल्दाे, व्इट बडिमा भएककाे भ्रष्टचार, ३३ किलाे सुनकाण्ड, राष्ट्रपतीकाे हेलीकेप्टरलगाएतका बिषयहरूमा कटाक्ष्य गरेका छन् ।

एक डिग्री पढेकाे युवा बेराेजगार हुनुपरेकाे अवस्थालाइ भिडियाेमा देखाएर देशकाे जल्लाे बल्दाे बिषयमा व्याङ्गय रहेकाे गायक पशुपति शर्मा उक्त गीत भाइरल बनेपछि समामजिक संजालमा एक प्रकारकाे तरङ् पैदा गर्याे ।

जसकाकारण गायक पशुपति शर्माले ४ गते आफ्नो फेसबुक पेजमा उक्त गीतलाइ आफ्नो युट्युब च्यानलबाट हटाएकाे जानकारी गराउदैँ केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले आफु राजनितीलाई त्यति गहिराइबाट नबुझ्ने । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा आफू सचेत रहेकाे र गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने एकमात्र ध्येय रहेकाे बताएका थिए ।

उनले फेसबुकमा गीतमा समावेश केही शब्दहरूमा केही शुभचिन्तकहरूको असंतुष्टि रहन गएकोले जुन-जुन शब्दमा असंतुष्टि देखियो ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको बताएका थिए । उनले भनेका थिए, केही समय लाग्ला जुन शब्दमा असंतुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझिएको छु।

फेसबुकमा यस्ताे स्ट्याटस लेख्दै शर्माले एकाएक गीत युट्युबबाट हटाएपछि सामाजिक संजाल झन् तातेकाे थियाे यही विषयमा निहित भएर एक टेलिभिजनमा अन्तवार्ताका क्रममा गायक शर्माले नेकपा निकट युवा संघले दबाव दिएको खुलासा गरेका हुन् ।

उनले भनेका छन्, ‘गीतबाहिर आएपछि युवा संघ नेपालका दुई–तीन जना साथीहरूले फोन गर्नुभएको थियो। फोनका आपत्ति जनाउनुभयो। अलि सरल भाषामा कुरा गर्नुभएको थियो। तर, विज्ञप्ति भने निकै कडा भाषामा निकाल्नुभएछ।’

आफू कसैको चित्त दुखाउने र कसैको नराम्रो चिताउने व्यक्ति नभएकाले गीत युट्युबबाट हटाएको शर्माले प्रष्टीकरण दिएका छन्। साथै, शर्माले आफूमा राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रहार गर्ने कुनै मनसाय नरहेको समेत बताएका छन्। उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई कुनै प्रहार गरेको छैन। यमराजको शासन भनेको अहिलेको भन्दा पनि हजुरबुबाको पालादेखिको अहिलेसम्म आउँदा पनि स्वर्गजस्तो देशमा इन्द्रको शासन भएन भनेको हुँ।’

शर्माले यमराजको शासन, राष्ट्रपतिलाई समेटिएका केही शब्द परिमार्जन गरेर पुनः गीत अपलोड गर्ने बताएका छन्।

 

स्राेत : अनलाइन, सामाजिक संजाल