काकँरभिट्टा/ काम गर्न लाई लाज हुँदैन भन्नेहरूका लागि एक उदहारण बनेकी छन्, मेचीनगर नगरपालिका-६ की ४१ माया गुरुङ्ग २५ वर्ष अघि देखि  काँकरभिट्टाको  नेपाल राष्ट्रिय बैक अघाडी सडक किनारमा चिया पसल संचालन गर्दै आएकी छिन  । 
सुरुमा दश वर्ष काठको टेवल राखेर पान पसल सुरु गरेकी हुन । उनको चिया पसल सुरु गरेको माया बताउँछिन् । यसै व्यवसयबाट आफ्नो घर आइसी खर्च धान्दै आएको उनले बताउन सुरुमा परिवारमा आर्थिक स्थिति कर्मजोर थियो ।
 
घरको अबस्था देखेर मायाले पसल संचालन गरेको उनको भनाई छ । चिया बँचेर काँकरभिट्टामा घर बनाएको माया बताउछिन ।यति माया  छोरालाई कक्षा १२ सम्मको शिक्षा दिन  सफल भएको बताईन् । अहिले उनको सानो चिया पसलबाट दैनिक रुपमा २२ किलो दुध बिक्रि हुने उनको भानाइ छ । मायाका अनुसार चिया बेचेर २५ हजार भन्दा बढि मासिक रुपमा कमाउने बताउछीन् । 
 
उनले भनिन् दुख गरेर सडक चिया बेचर परिवार पाल्दा पनि श्रीमानबाट खासै राम्रो साथ पाइन । तर,मैले हिम्मत हरिन् ।  छोराको मुख हेरेर नै आज सम्म बाचेको छु । उनको भनाइछ । जीवन चलाउनका लागि श्रीमतीका लागि  श्रीमानको साथ चाहिन्छ । त्यो मैले पाउन सकिन तर मैले हिमत हारिन काम सानो ठूलो हुँदैन ।
 
माया भन्छिन् छोरी मान्छेले होटल वा चिया पसल गर्नु हुँदैन भन्ने परम्परा अझै पनि हाम्रो समाजमा कायम नै रहेको बताईन् । नेपालबाट बैदेशिक रोजगारीका ओमन र खाडी मुलुकहरु दैनिक रुपमा नेपालबाट सयौ महिलाहरु बिदेश पलायन भईरहेका छन् । तर सामान्य पसल वा चिया पसलबाट मार्षिक रुपमा ३०,३५ हजार कमाउन सकिन्छ भने पैसा कमाउन बिदेश जानु नपर्ने उनी बताउछिन् ।