धरान / संगीत क्षेत्रमा प्रवेश गरेको ५० औं बर्ष प्रवेशको अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा गृह नगर धरानमा धरानवासीहरुले पदयात्रा गरेका छन् ।

नेपाल क्लब हङकङ र सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा आज साँझ हुने अभिनन्दनका लागि गृहनगर धरान आईपुगेका गायक श्रेष्ठ र उनीकी श्रीमती गायिका सोफिया गुरुङलाई आज विहान धरान बजार परिक्रमा गराइएको थियो ।
उनको सम्मानका लागि प्रदेश सांसद सावित्री श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । धरान संगीत प्रतिष्ठानको कार्यालय धरान ९ बाट गायक श्रेष्ठ दम्पतीलाई माला तथा खादाले सम्मान गरी धरानको पुतलीलाईनबाट भानुचोक, महेन्द्रपथ, छाताचोकहुँदै सिंहदेवीचोकसम्म ¥याली सहित बजार परिक्रमा गराईयो । सांसद श्रेष्ठ र अन्य पदयात्रीसँगै गायक दम्पत्ती ¥यालीमा सहभागी थिए ।

1 9 आफुलाई गृहनगमा सम्मान गरिएकोमा श्रेष्ठले खुसी व्यक्त गरेका छन् । आफ्नै घर आँगनमा सम्मानीत हुन पाउँदा खुसी लागेको छ ।’
आज साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित दशहरा हलमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा गायक श्रेष्ठलाई अभिनन्दन गर्ने कार्यक्रम छ । उनले कार्यक्रममा उनका लोकप्रिय गितहरु समेत गाउने इभेन्ट मेनेजर शौरव श्रेष्ठले जानकारी दिए ।

nobel 2 6 3 4