गाउँमा ब्वाँसोहरूले निकै दुःख दिन थालेकाले ब्वाँसोहरूलाई शिकार गरेबापत् प्रति ब्वाँसो रु १,००० इनाम दिने घोषणा गरियो।

इनामको कुरा सुनेर गाउँकै दुई जना चर्चित शिकारीहरू ब्वाँसोको शिकार गर्न जङ्गलतिर निस्केछन् । एउटा शिकारी आफूलाई सधैं भाग्यमानी सम्झने गथ्र्यो भने अर्को शिकारी चाहिँ आफूलाई सधैं भाग्य नभएको सम्झिने गथ्र्यो ।

शिकार खोज्दै जाने क्रममा थाकेकाले एकैछिन आराम गर्न भनी दुवै जना रुखको फेदमुनि बसेछन् । चर्को घाममा रुखको छहारीमा बस्दा दुवै जना निदाउन पुगेछन् । साँझतिर आँखा खुल्दा आफूलाई अभागी सम्झने शिकारी डरले काप्न थाल्यो । उसले देख्दै थियो कि १२ वटा ब्वाँसोहरू सुघ्दै उनीहरू भएतिर आउँदै थिए । उसले आफ्नो अगाडि १२ जना यमदूतहरूलाई देखिरहेको थियो ।

त्यहीबेला अर्को शिकारी (जो आफूलाई भाग्यमानी सम्झने गथ्र्यो) पनि आँखा मिच्दै बिउँझिदै थियो । आफ्नो अगाडि १२ वटा ब्वाँसोहरू देखेर उसको खुशीको सिमाना रहेन । उसले आफ्नो अगाडि १ हजार रुपैयाँका १२ वटा नोटहरू नाचिरहेको देख्दै थियो । उसले तुरुन्तै आफ्नो बन्दुक निकाल्यो र ती ब्वाँसोहरूतिर निशाना साँध्न थाल्यो ।