सुनसरी/सुनसरीको रामधुनी नगरपालिका – १ स्थित शिवचौकमा ८७ वर्षिय नरबहादुर क्षेत्रीको हत्या उनकै घरमा डेरा गरि बस्ने एक युवाले रिसीबि साध्न हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलसा भएको छ ।

वृद्धाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको पाकाखोला गाउँपालिका– ५ का २५ वर्षिय रमेश राईलाई बिहीबार इटहरी उपमहानगरपालिका –१७ पकलीबाट पक्राउ गरेको छ । पक्राउ परेका राईलाई सुनसरी प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो । हत्या आरोपमा पक्राउ परेका राई क्षेत्रीकोे घरमा लामो समयसम्म डेरा गरि बसेका प्रहरीले जनाएको छ । राईले भाडामा बसेको पैसाँ नदिएपछि घरपेटी क्षेत्रीले उनलाई निकालिएको थिए । मतृक क्षेत्रीकोे घरबाट निस्किएको दुई महिनापछि हत्या गरेको प्रहरीले जनाएको छ ।

‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट रिसिबी साध्न हत्या गरेको देखिन्छ,’ सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने, ‘मृतक क्षेत्रीले राईलाई २ महिना अघि घरबाट निकालिदएको रहेछन् । त्यही रेस फेर्न हत्या गरेको देखिन्छ ।’ पैसाँ नतिरेको र घरबाट निस्किदा अपमान गरेको महसुष भएको कारणले गर्दा हत्या गरेको प्रहरीले भनाई छ । ‘राईले हत्या गरेको स्वीकार गरेका छन्,’ एसपी अधिकारीले भने, ‘पहिलो राई भाडामा बस्दा घरपेटी क्षेत्रीकोे बारेमा सबै जानकारी राखेको रहेछन् ।’ रातिको समयमा सोमबार साझ राईले क्षेत्रीको घरमा गएर ‘पिलास’ प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि सिरक ओढाए राई फरार भएको प्रहरीले जनाएको छ । नरबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

नरबहादुरको दुई श्रीमित हुन् । उनका कान्छी श्रमिति इटहरीमा बसोबास गर्ने गर्दछिन् । नरहबादुरको हत्या गरेपछि राईले केही नगद र घरमा रहेको टिभि र सुनको औठी समेत चोरेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले राईको कोठाबाट टिभी समेत बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरीले सुनसरी जिल्ला अदालतमा शुक्रबार कर्तब्य ज्यान मुद्दामा म्यात थप गरि अनुसन्धान गर्दै आएको एसपी अधिकारीले बताए ।

यसरी गरे हत्या

संखुवासभाका २५ वर्षिय रमेश राइ काम गर्ने क्रममा सुनसरी आएका हुन् । घरमा एक्लै बसोबास गर्दै आएका नरबहादुरको घरमा राइ भाडामा बसे । ‘लामो समयसम्म उनी क्षेत्रीकोे घरमा बसे । बसेवापतको राईले पैसाँ भने दिएनन । घरपेटीले पैसाँ मागे । आज दिन्छु भोली दिन्छु भन्दै ढडे ।

भाडा वापतको पैसाँ नदिएपछि नरबहादुरले कोठामा चाँबी लगाएर राईलाई घरबाट निकालिदिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘घरमा यसरी निकाल्दा राईले अपमान गरेको महसुष गरे । रिस साध्न हत्या गर्ने योजना बुने । लामो समय कोठा भाडामा बसेकोले क्षेत्रीकोे बारेमा राईले सबै बुझेका थिए ।

सोमबार साझ मदिरा सेवन गरेर राति घर पुगे थिए नरबहादुर । कोठा पुगे । बेडमा डल्किए । त्यसै बेला राई क्षेत्रीकोे कोठा भित्र पसे । डेबलमा रहेको पिलास क्षेत्रीकोे ठाउँकामा प्रहार गरे । वृद्धा क्षेत्री ढले । त्यही प्रणा गयो ।’ हत्या पछि राईले नरबहादुरले लगाएको सुनको औठी, कोठामा रहेको एलजी कम्पनीकोे टिभी र केही नगद रुपैयाँ लिएर राई फरार भए ।

यसरी परे पक्राउ

रहस्यम तरिकाले वृद्धा नरहबादुरकोे कोठामा हत्या भएपछि सनुसरी प्रहरीले अनुसन्धानमा दक्ष प्रहरी पचिरनाल ग¥यो । सुष्म रुपमा चातर्फी रुपमा अनुसन्धान गर्दै अगाडी बढयो । प्रविधी र विभिन्न कोणबाट सुनसरी प्रहरीले गरेको अनुसन्धानले हत्यारा पहिचान ग¥यो ।

क्षेत्रीको हत्या दुई महिना अघि उनकै घरमा डेरामा बस्ने राई रहेको प्रहरी निस्कर्षमा पुग्यो । पेन्टिङ्ग काम गर्ने राईले हत्या गरेपछि झुम्का बजारदेखी इटहरीतर्फ लगे । प्रहरीले उनलाई इटहरी – १७ पकली स्थित एक काठको फ्याक्ट्रीमा रङ लगाएको अवस्थामा पक्राउ गरेको हो ।