दमक/गृहमन्त्री रामबहादुर थापा बादलले राज्यमा शान्ति र सुव्यवस्था कायम रहेको बताएका छन् । बुधबार झापाको दमकमा कार्यकर्ता र पत्रकार भेटघाटमा उनले अहिलेको शुसाशनको अवस्था सुब्यस्थित रहेको बताएका हुन् ।

राज्यको हरेक क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन राज्य सफल रहेको उनको भनाइ थियो । यद्धपि विभिन्न देशीबिदेशी शक्तिहरूले नेपालमा आशान्ति र द्धन्द्व खडा गर्ने खेल खेलिरहेकोसमेत बताए । तर यस प्रकारका शक्तिहरूको प्रयास असफल भएको र त्यसलाई निस्तेज पार्ने गृहमन्त्री थापाले बताए ।

कार्यक्रममा उनले सहभागीको प्रश्नको जवाफ दिँदै जनयुद्धका बेला घाइते भएकाहरूलाई निःशुल्क उपचार र परिचय-पत्र प्रदान गर्नका लागि सरकारले निर्णय गरिसकेको समेत जानकारी दिए ।