धरान । नेपाली सेनामा कार्यरत एक युवाको लास धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ ।
धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको लास बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । 
हाल शव भएको स्थलमा प्रहरी पुगिसकेको छ । डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिरमा भनेर उनी घरबाट हिडेका थिए । उनी धनकुटास्थित नेपाली सेनामा रहेको बताइएको छ । नेपाली सेनालाई पनि खवर गरिएकाले उनका बारेमा थप केही बेरमा खुल्ने प्रहरीले जनाएको छ ।
घट्ना स्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ । यहाँ ठूलो झाडी रहेको छ र खोल्सो पनि छ । उनको शव पनि त्यही खोल्सामा भेटिएको हो । घट्नाबारे प्रहरीले अनु्न्धान शुरु गरेको छ ।

 

1 4 2 2 3 1