इटहरी/ सुनसरीको हरिनगर गाँउपालिकामा प्रदेश १ मै पहिलो पटक बहुवर्षिय योजना अनुसार नेपाल भारत जोड्ने पक्की सडक निर्माण शुरु गरिएको छ । भारत बिहार राज्यमा पर्ने फुल्का, घुर्ना र बासमतिया बजारसँग जोडिएको हरिनगर गाँउपालिकाले ३१ करोडको बजेटबाट ७ वटा बाटो निर्माण कार्य सुरु भए सँगै स्थानीयहरु हर्षित भएका छन् ।

स्थानीय हार्डवेयर व्यापारी इशा अन्सारीले सडक निर्माणको काम शुरु भएपछि सिमावर्ती क्षेत्रमा उत्साह थपिएको बताए । घण्टौ लगाएर सदरमुकाम आउने स्थानीयहरु सडक बन्ने भएपछि आफुले उत्पादन गरेका कृषि सामाग्रीहरुले सहजै बजार पाउने छन् उनले भने । गाँउघरमा दुख बिरामी भएपनि सडक नहुदा सबै भन्दा धेरै समस्या हुने गरेको कुराबाट छुटकारा पाउने उनी बताउँछन् ।

सडक निर्माणले हरिनगरमा रहेका दुईवटा छोटी भन्सारले राम्रो काम गर्ने स्थानीयबासी मास्टर कासिमले बताए । बाटो निमार्ण भएसँगै स्थानीय हर्षित भएको उनको भनाई थियो । अहिले सम्म यस्ता योजना गाउँमा आएका थिएनन् अहिले बाटो बन्ने भए पछि म मात्र हैन गाउँलेने हर्षित भएका छन् उनी भन्छन् । सडक बनेपछि जोगबनी नाका जस्तै घुस्की पनि निकै व्यस्त नाका हुने उनले बताए । नसोचिएको काम हुदैछ, सडकले हरिनगरको बिकासमा फड्को मार्ने उनले भने ।

सडक निर्माण घुस्कीदेखि सुनसरी सदरमुकाम इनरुवा आइपुग्न डेढ घण्टाको समय लाग्ने बाटो अब सडक बनेपछि १५ मिनेटमा सहजै पुगिने छ स्थानीय आलम अन्सारी बताउँछन् । कृषिको पकेट क्षेत्र समेत मानिएको हरिनगर गाँउपालिकामा यहाँ उत्पादित बस्तुहरु सडक समस्याले सदरमुकाम लान मुस्किल हुने गर्दथ्यो ।

सडक निर्माणको काम शुरु भएपछि अहिले यहाँका कृषकहरु समेत निकै उत्साहित बनेका छन् । गाँउपालिकासँग भएको सम्झौता भए सँगै स्थानीय हर्षित भएका छन ।

बसन्तपुर घुस्की जोड्ने ५ किलोमिटर सडक निर्माण हुदैछ । १२ करोडको लागतमा गाँउपालिकाले गिताञ्जली साह निर्माण सेवालाई टेण्डर मार्फत सडक निर्माणको जिम्मा दिएको छ । अहिले सडकको इब्याकेमेन्टको काम शुरु भएको हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

उनले भने सुनसरी जिल्लासँग जोडिएको भारतिय बजारसम्म ४ लेनको सडक आइसकेको अबस्थामा घुस्कीमा बन्ने सडकले दुई देशबिचको व्यापारिक क्षेत्रमा सहज हुने बताइएको छ ।

बिकास निर्माणले निकै पछी परेको यस क्षेत्रमा अन्य बिकासे योजना भन्दा पनि सडकलाई पहिलो प्राथमिक्तामा राखेर सडक निर्माण गरिएको प्रजातन्त्र आएपछि डा. खालिद आजददेखि गिरीजा प्रसाद कोइरालाले निर्वाचन जितेको यस ठाँउमा सडक अति महत्वपूर्ण आवश्कता देखिएको कारण पहिलो नगर सभाले सडकलाई नै पहिलो प्राथमिकता राखेर अध्यक्ष अन्सारी बताउँछन् ।

हामीले धेरै खुद्रे काम छाडेर गाँउपालिकाकाका ७ वटा वडामा ७ वटै सडक बनाउने योजनामा छौ अन्सारीले भने सबै वडामा बिच सडक बनाउन ६४ करोड बजेट लाग्छ ।

गाँउपालिकाको बजेटले मात्रधन्न नसक्ने अवस्था भनेपछि प्रदेश र केन्द्र सरकारसँग थप बजेट मागेको अन्सारीले बताए । गाँउपालिका भित्र सबै सडक गरि जम्मा २५ किलोमिरको आधुनिक सडक बन्ने उनको भनाई छ ।