धरान / धरानमा आइतबारदेखि शुरु भएको २१ औं बुढासुब्बा गोल्डकपको सिएमजे क्लव संकटा र मेची नेत्रालय कांकरभिट्टा विच भएको खेल बराबरीमा रोकिएको छ । धरान रंगशालामा भएको खेल खेलमा दुवैको दुई दुई गोल भएको थियो । टाइबेकरमा ४÷४ गोल भएको थियो । सडन डेथमा पनि बराबरी भएपछि समय अभावका कारण रेफ्रि प्रशिक्षकको सल्लाहामा रोकिएको हो ।

भोलि बिहान ८ बजे पुनः टाइब्रेकरमार्फत् टुङ्ग्याउने सहमति भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गरेका थिए ।

भोलिको खेल खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लब र सहारा क्लबबीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।