बिर्तामोड/ खेलकुद पत्रकार मञ्च झापाले पुर्वका चार जिल्लाबाट यसवर्ष चुनिएका उत्कृष्ठ खेलाडीलाई अवार्ड वितरण गरेको छ ।  मञ्चले यस वर्षको उत्कृष्ठ युवा खेलाडीको अवार्ड प्रकाश दनुवारलाई प्रदान गरेको छ । उनी एथ्लेटिक्सका खेलाडी हुन् ।

पिपुल्स च्वाइस अवार्ड अन्तर्गत झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ घोषित भए । उनको अनूपस्थितीमा झापा ११ फूटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले अवार्ड लिएका थिए ।

क्रिकेटका प्रशिक्षक बिरु श्रेष्ठले वर्ष उत्कृष्ठ प्रशिक्षकको अवार्ड पाए । उत्कृष्ठ ठहरिएका खेलाडी र प्रशिक्षक दनुवार, तामाङ र श्रेष्ठले जनही २५ हजार नगद तथा सम्मानपत्र पाएका थिए । ट लाईफटाइम अचिभमेन्ट अवार्ड तेजप्रताप पतङवा सुब्बाले पाए ।

उनी भलिबलका पूर्व खेलाडी तथा हालका प्रशिक्षक हुन । २०४० सालदेखि भलिबल खेलमा लागेका सुब्बाले गोरखा दक्षिण बाहु समेत पाएका छन । उनी ताप्लेजूङ खेलकूद बिकास समितिका अध्यक्ष समेत हुन । उनलाई ३५ हजार नगद सहित सम्मानपत्र प्रदान गरियो ।

महिला तर्फ उत्कृष्ठ वर्ष खेलाडीको अवार्ड देविका खड्काले जितिन । उनी जुडो खेलका खेलाडी हुन । खड्काले यामाहा कम्पनाको स्कुटर पाइन् ।  पुरुषतर्फ उत्कृष्ठ खेलाडीको अवार्ड नवयुग श्रेष्ठले पाए उनी नेपाली फुटबल टीमका फरवार्ड हुन । त्रिभूवन आर्मी क्लबबाट फुटबल खेल्दै आएका श्रेष्ठ इलामका हुन् । ऊनले पनि यामाहा कम्पनिको मोटरसाइकल पाए ।

उत्कृष्ठ खेलाडीलाई दिइएको स्कुटर र मोटरसाइकल झापा ११ फुटबल क्लबका अध्यक्ष जलकूमार गुरुङले प्रदान गरेका छन् । नगद पुरस्कार अखिल नेपाल फुटबल सङघका उपाध्यक्ष पङकज बिक्रम नेम्वाङगले आफ्ना भाई आशिष बिक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका हुन् ।