सिरहा/ सिरहाको धनगढीमाई नगरपालिकामा रहेका राजदेवी मन्दिरलाई पर्यटकीय स्थलमा रूपमा विकास गर्नुपर्ने पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवले बताएकी छन् ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा रहेको राजदेवी मन्दिरमा लाग्ने देवी मन्दिर प्राङ्गणमा शनिबारदेखी शुरु भएको देवीभागवत् तथा कलशयात्रालाई सम्बोधन गर्दै पूर्वमन्त्री चित्रलेखा यादवले मन्दिरलाई पर्यटकीय स्थलका रूपमा लैजानुपर्ने बताएका छन् ।

उक्त राजदेवी मन्दिरमा शनिबारदेखि शुरु भएको राजदेवी पूजा तथा देवीभागवत् फागुन ७ गते सम्म मेला लाग्ने मेला समितिले जनाएको छ ।

शनिबार निकालेको कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागीहरू रहेका थिए साथै नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलगायतका नेताहरू सहभागी थिए । राजदेवी मन्दिर निर्माणका लागि विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् ।