धरान / २०५५ सलादेखि निरन्तर आयोजना हुदैं आएको अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको २० बर्ष पछि २१ आंै संस्करणमा पुगेको छ । २० बर्षे यात्रामा विभिन्न अवरोह आरोह पुरा गर्दे २१ संस्करण पुगेको छ । यो निरन्तरता धरानको खेल विकासका लागि मात्र होइन, नेपाली फुटवल विकास मै ठूलो योगदान मान्न सकिन्छ ।
आज दिउँसो २ बजेदेखि २१ औं संस्करणको धरान रंगशालामा उद्घाटन हुदैंछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सुनसरी निवासी केशव विष्टले उद्घाटन गर्दैछन् । गृह नगर इटहरीलाई खेलकुद विकासका लागि ३२ करोड बजेट दिने घोषणा गरेका विष्टले आज उद्घाटन कार्यक्रममा धरानको खेल विकासका लागि पनि केही उद्घोष गर्ने धरान फुटवल क्लवले अपेक्षा गरेको छ ।

आठ टिम सहभागी
२१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता–२०७५ मा आयोजक धरान फुटबल क्लबसँगै आठ टिमले सहभागिता जनाएका छन । विदेशको डल्फिनास क्यामरुन र डलहोसी एथ्लेटिक कोलकाता सहभागी छन ।
विभागी टिम नेपाल पुलिस क्लब सहभागी छ । आर्मी यो संस्करणमा सहभागी छैन । आर्मीसँगै डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लब भुटानमा भईरहकेो प्रतियोगितामा व्यस्थ भएकाले उपस्थित छैन् । उद्घाटन खेल आज सङ्कटा क्लब र मेची नेत्रालय(केएफटिसि) झापा भिड्दैछन् । २७ गते नेपाल पुलिस क्लब र सहारा आमने–सामने हुनेछन् । २८ माघमा मनाङ्–मस्र्याङ्दी र क्यामरुनबीच स्पर्धा हुनेछ भने २९ गते आयोजक धरान फुटबल क्लब र डलहोसी एथ्लेटिक कोलकाता भिड्ने छन् ।
दुई विदेशी पाहुना टिमसहित राष्ट्रिय टिमहरुको सहभागितामा हुन लागेको २१ औं संस्करणको उपाधी कस्ले कब्जा गर्ला भन्ने अड्कलहरु पनि शुरु भएका छन् ।
फागुन १ गते पहिलो सेमिफाइनल खेल हुनेछ भने २ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । ४ फागुनमा फाइनल खेल हुनेछ । यो संस्करणमा टिकट दरमा १० रुपैयाँ वृद्धि गर्दै शुरुका खेलमा १ सय १०, सेमिफाइनल खेलमा २ सय १० र फाइनल खेलको टिकट दर ३ सय १० रुपैयाँ राखिएको छ ।

आजको खेल केएफटिसि र संकटा विच
संकटा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपविजेता टोली हो । त्यसैले बुढासुब्बा गोल्डकपमा उसको प्रर्दशन प्रभावशाली हुने छ ।
केएफटिसिले जारी सिजनमा २ प्रतियोगितामा सेमीफाइनल खेलेको छ । उसले खप्तड गोल्डकप र इटहरीस्थित मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सेमीफाइनल खेलेको थियो । खप्तडमा थ्री स्टारसँग सेमीफाइनलमा हारेको केएफटिसि इटहरीमा भने आर्मीसँग पराजित भएपछि फाइनल खेल्ने पाएन ।

कस्ले जित्ला उपाधी
२०५५ सालमा भारतको बुलगेरियाले उपाधी हात पारेको थियो । त्यस बेला आयोजक उपविजेता बनेको थियो । र २०६२ सालमा एक पटक उपविजेता बने बाहेक धरान फाइलन खेलको यात्रा तय गर्न सकेका छैन् । विगाभीय टिम पुलिस क्लवले २०५६, ०५८, ०५९, ०६४ र ०७३ सालमा उपाधी जितेको छ । यो सिजनको लिग विजेता मनाङ मर्साङदी क्लवले २०६०। ०६७ र ०७२ सलामा तीन पटक उपाधी जितेको छ ।
गत बर्षको बुढा सुब्वा च्याम्पियन थ्री स्टारले २०६१, २०६३, ०६५, २०६८ र ०७४ सालमा उपाधी बब्जा ग¥यो । अफ्रिकन युनाइटेड क्लबले २०६२ र २०७० मा उपाधी जितेको थियो ।
साविक विजेता थी्रस्टार यो बर्ष सहभागी छैन् । उपविजेता पुलिस क्लव सहभागी छ । लिग उपविजेता संकटाको पनि यो बर्ष सहभागीता रहेको छ । २०६९ सालमा उपविजेता बनेको आर्मी, २०७० उपविजता बनेको साहरा र २०७३ को उपविजेता संकटा र दसई पटक मात्र उपविजता बनेको धरान फुटवल क्लवको टिम स्टोङ देखिएका छन् । यि सबै टिमइतिहास बनाउने दाउमा मैदानमा उत्रिदैंछन् ।

कहिले कुन टिम विजेता बने
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा हालसम्मका विजेता तथा उपविजेताहरू
२०५५
विजेता– बुल्गेरिया स्पोर्टिङ क्लब ९भारत०
उपविजेता– धरान फुटबल क्लब
२०५६
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५७
विजेता– धनमुन्दी क्लब ९बङ्गलादेश०
उपविजेता – महेन्द्र पुलिस क्लब
२०५८
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५९
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– फ्रेण्ड्स क्लब
२०६०
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– महेन्द्र पुलिस क्लब
२०६१
विजेता– थ्रीस्टार क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६२
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– धरान फुटबल क्लब
२०६३
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– अफ्रिकन युनाइटेड क्लब
२०६४
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६५
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०६६
विजेता– आरसीटी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०६७
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– आरसीटी क्लब
२०६८
विजेता– थ्रीस्टार क्लब
उपविजेता– मनाङ मस्र्याङ्दी क्लब
२०६९
विजेता– हङकङ नेपाली महासङ्घ
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०७०
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– साहार क्लब
२०७१
विजेता– एपिएफ काठमाडौं
उपविजेता– एमएमसी काठमाडौं
२०७२
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०७३
विजेता– नेपाल पुलिस क्लब
उपविजेता– सङ्कटा क्लब
२०७४
विजेता– थ्री स्टार क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०७५
विजेता– ?
उपविजेता– ?