धनकुटा/  लोकतन्त्र खासी तेल लासै
गणतन्त्र खासी तेल लासै
सेम्चेन ह्याङ्गसे, याङ्गवारे
ङोस्याल ह्याङ्गसे याङ्गवारे

यी तामाङ सेलोका हरफहरु वुधवार जिल्ला सदरमुकाम धनकुटा वजारमा मञ्जुश्री सम्वत २८५५ फाग् ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित मौलिक ल्होछार साँस्कृतिक ¥यालीमा सहभागी धनकुटाका ताम्वाहरुले यसरी गाएका हुन् । ताम्वा भनेका तामाङ समाजमा डम्फु वजाएर मौलिक संस्कृतिलाई सेलो गीतको माध्यामवाट चित्रण गर्न जान्ने व्याक्तित्वको रुपमा लिने गरिन्छ ।

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले वुधवार आयोजना गरेको ल्होछार साँस्कृतिक कार्यक्रममा ताम्वा संघ धनकुटामा आवद्ध ताम्वाहरुले यो वर्षको ल्होछारमा तामाङ संस्कृतिलाई राज्यले उपेक्षा गरेको आरोप आफ्नो डम्फु सेलोको प्रश्तुतीमा लगाए ।

उनीहरुले अघिल्लो वर्षको ल्होछारसम्म आई पुग्दा सरकारले दिदै आएको १ दिनको पर्व विदा वर्तमान सरकारले यो वर्ष कटौती गरेकोमा सेलो मार्फत आक्रोस पोखे । उनीहरुले सेलोमा भने “लोकतन्त्र आएर के गर्ने ? गणतन्त्र आएर के गर्ने ? अधिकार हामीले पाएका छैनौं, पहिचान हामीले पाएका छैनौं ?” त्यही भएर हाम्रो आन्दोलन जारी रहेको उद्धघोष गरे ।

ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तानले भने “हामी यो मुलुकका आदिवासी जनजातिहरु पहिचानको लागी सदियौं देखी लडिरहेका छौं, वर्षौ लडेर प्राप्त गरेका केही अधिकारहरु कटौतीले अहिलेको सरकारले चालेको कदम ठिक भएन ।” हामी हाम्रो साझा मुद्धालाई पुनः प्राप्त नभएसम्म सेलो संस्कृतिको माध्यामवाट उठाई नै रहने दाबी गरे ।

उनले देशमा नयाँ संविधान आयो, तिन तहको सरकार वन्यो, तर तामाङ समुदायले ल्होछारमा पाउँदै आएको पर्व विदा कटौती गरियो, यस्मा हामी तामाङ समुदायको १ नम्वर प्रदेश सरकार प्रति आपत्ति छ ।

मोक्तानले २ र ३ नम्वर प्रदेश सरकारले ल्होछार पर्वको मुख्य तिथि माघशुक्ल प्रतिपदा जुन दिन ल्हो फिर्छ नयाँ वर्षलाई स्वागत गरिन्छ त्यो दिन विदा दियो, तर १ नम्वर प्रदेश सरकारले भने किन विदा नदिएको भन्दै प्रश्न गरे । उनीसंगै अर्का ताम्वा दिलवहादुर घिसिङ र सेतुलाल मोक्तानले पनि उनलाई सेलोमा साथ दिएका थिए ।

शुभकामना आदन-प्रदान तथा ल्होछार साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ्ग तामाङले सरकारले तामाङहरुको ल्होछारमा विदा दिनु पर्दथ्यो, दिईएन यस्मा तामाङ जनताको आपत्ति छ ।

प्रमुख तामाङले प्रदेश सरकारले विदा दिने विषयमा अलमलमा परेको हुन सक्छ, आगामी वर्ष देखी पक्कै पनि ल्होछारमा १ नम्वर प्रदेश सरकारले विदा दिनु पर्छ । जस्का लागी १ नम्वर प्रदेश सरकारका मुख्य मन्त्रि शेरधन राईलाई भेटेर ०७६ सालको क्यालेण्डर वनाउनु भन्दा पहिले हामी सवैखाले पर्व मनाउने समुदायले आ(आफ्नो तिथि मितिको जानकारी गराउनु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले मुलुकमा लोकतन्त्र गणतन्त्र आउँदा पनि प्रदेश सरकारका शासक प्रशासकहरुलाई एकात्मकवादी राज्यसत्ताको धङ्गधङ्ग्ी नछाडेको आरोप लगाए ।

उनले ओली सरकारले यो मुलुकका ४० प्रतिसत आदिवासी जनजातिहरुको वर्षौ देखी पाउँदै आएको पर्व विदा कटौती गर्नु भनेको सामन्ती राज्यसत्ताको उपज भएको आरोप लगाए । नागरिकको सांस्कृतिक अधिकार माथि हस्तक्षेप गर्ने सरकारले देशलाई “समृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारालाई गिज्याई रहेको बताए ।

त्यसैगरी घेदुङका संघिय सदस्य लालचन्द्र गोङ्गवा तामाङले ल्होछार साँस्कृतिक कार्यक्रमले तामाङ समुदायको संस्कृती प्रवद्र्धनमा टेवा पुर्याएको बताए । उनले सांस्कृतिक रुपमा सवै तामाङ समुदाय एकठाउमा उभिएको सन्देश दिएको बताए ।

तामाङले हाम्रो राजनीतिक, सामाजिक मुद्दामा समुदायलाई सचेत गराउनुको साथै राज्य पक्षको समेत गम्भीर ध्यानाकर्षण गराउन ल्होछार कार्यक्रम सफल भएको बताए । यो नै ल्होछार पर्वको मुख्य उपलब्धि भएको बताए ।

नगर घेदुका अध्यक्ष कुलवहादुर तितुङ तामाङको अध्यक्षतमा सम्पन्न विविध साँस्कृतिक तथा शुभकामना आदन प्रदान कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष जम्शेर छाराहाङ आठपहरिया, जिल्ला घेदुङका अध्यक्ष सीताराम थिङ्ग तामाङ, वडा सदस्य वीरवहादुर योन्जन तामाङ, जिल्ला सहकारी संघका अध्यक्ष शुन्दरवावु श्रेष्ठ, उधोग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मानवी मोक्तान, पत्रकार रमेशचन्द्र अधिकारी, देवे्रवास समाज सुधार संस्थाका अध्यक्ष धनवहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तस्विर सेलो गाउँदै गरेको छ ।