काठमाडौं ।  सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ । भरखरै भएको दुर्घटना मृतकको सनाखत हुन बाँकी छ ।

जिल्लाको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा दुर्घटना भएको हो । बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको छ ।