काठमाडौं/ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गरेका छन् ।

दि आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरेको थियो । सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो ।

सो क्रममा १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ठ चित्रकलालाई पुरस्कृतसमेत गरिएको छ । कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट भएकी कलाकार सविता डङ्गोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरे ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गरे ।

प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई कलाकारले चित्रकलामा उतारेका छन् ।

प्रदर्शनीमा रागिनी उपाध्याय, शुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डङ्गोल, सङ्गीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला प्रदर्शन गरिए । प्रदर्शनी मङ्गलबारसम्म चल्ने छ ।