इटहरी/ परपुरुषसँग सम्बध कायम राख्न आफ्नै श्रीमानको हत्या श्रीमतीले गरेको खुलसा भएको छ । इटहरी १३ खनार बस्ने वर्ष ३५ को श्याम सरदारको हत्यामा आफ्नै श्रीमतीले सहित भारतीय सुटर प्रयोग भएको खुलसा भएको छ । गत जेष्ठमा खनारमा भएको श्याम सरदार हत्या सार्वजनिक गरेको हो ।

लामो समय देखिताहीर मियासँगको मायाजालमा परेकी श्यामकी श्रीमती देवकीले प्रेमीका सहित एक भारतीयलाई पाँच लाखको सुपारी दिएर हत्या गरीएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले बताए ।

उनले भने घरायसी झगडा र विवादको हुने गरेको र देवकीले श्रीमानलाई नमारे ताहीरलाई समेत छोडी दिने भनीमार्नलाई दुरुत्साहन गरेको पाईयो उनले भने ।

मार्ने योजनामा भारतका रज्जित महतोले श्यामको हत्या गर्ने ५ लाख सुपारी लिएको खुसाला भएको छ । महतो भने फरार रहेको प्रहरी बताउँछ । घट्नामा संलग्नदुहवी ९ का महोमदजावीर हुसेन,महोमदताहिर मियार मृतकका श्रीमती देवकीलाई पक्राउ गरेका छौ डिएसपी श्रेष्ठले भने ।

चारै जनाअभियुक्तहरु ताहीरको काठ मिल लगायतका स्थानहरुमा पटक-पटकसँगै बसीमार्ने योजनाबनाएको, जावीर र रञ्जितले मार्न पटक पटक पिछा गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

रञ्जितले रडको ठेक्काको कामगर्ने भनी नाटक गरी दुहबी ८ सोनापुर स्थित पुरानो आईरन उयोगमाबोलाई श्याम सरदारकै मोटरसाईकलले हानेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घाईते श्यामलाई मोटरसाईकल दुर्घट्नामा मरेको बनाउँन  प्रप्रञ्च रचेको प्रहरीको भनाई छ । लासलाई बोकेर झाडिमा लग्दा मृतकको दुई वटै चप्पल खसेको, सो चप्पल सोही स्थानबाट भेटिएको प्रहरीले बताएको छ ।

मुख्यहत्यारा रञ्जितलाई पटक पटक गरी १ लाख ५० हजार दिईसकेको र बाँकी रकमफर्निचरबाट कमाउँदै लौजाने भनेको रहेछन प्रहरी भन्यो । इटहरीको याक्थुङ चौकमादुई बर्ष अघि १४ बर्षिय बालिका सपनाभुजेलको हत्याका दोषीअझै पक्राउ पर्न सकेका छैन ।

हत्याभएको किटानी जाहेरी परे पनि प्रहरीले दोषी अझै पनि पक्राउ गर्न नसकेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएका डिएसपी ओम अधिकारी हुदा हत्या भएको भुजेल अनुसन्धान भने अहिलेसम्म भएको छैन ।

दशकबित्दापनि इटहरीकाचर्चित हत्याकाण्डहरूको रहस्यखोतल्नप्रहरी असक्षमबनिरहेको छ । वर्षेनी फेरिने प्रहरी अधिकृृतहरूले पुरानाफाइलतर्फ ध्याननदिँदाचर्चित हत्याकाण्डहरू त्यसै सेलाएका छन् । २०६२ साल वैशाख ३१ गते शुक्रबार इटहरी उपमहानगरपालिकाका मेयर गीतानिधि रायमाझीको साँझपखहत्याभयो । 

२०६४ साल चैत ५ गते मङ्गलबार इटहरीको दन्तकाली हार्डवेयर सञ्चालकदम्पती कैलाशअग्रवाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा शव भेटिएको थियो ।

२०७० मङ्सिर ४ गते खनारबाट सुवास काफ्ले हराए । मङ्सिर ६ गते तात्कालीन हाँसपोसा गाविसको चारकोसे जङ्गल क्षेत्रमा जलेको अवस्थामा सुवासको लास भेटियो । हत्यारा पत्तालागेको छैन ।

यताइलाकाप्रहरी कार्यालय इटहरीका डिएसपी शिवश्रेष्ठले आफू इटहरी आएसँगै पुराना घटनाको फाइलखोज्ने काम शुरु भएको बताएका छन् । पुराना घटनाहरु खोज्न समिति नै तयार गरेर अगाडि बढेको उनी बताउँछन् । ‘ठूला घटनासँगै थाती रहेका मुद्दाहरुको विषयमा अनुसन्धान गर्छु’-उनी भन्छन् ।

इटहरीका ठूला मुद्दालाई समेत फाइल खोजेर अनुसन्धान गर्ने तयारी गरेको डिएसपी श्रेष्ठ बताउँछन् । यसरी पुरानो मुद्दालाई प्रहरीले खोजी गरेर अपराधीलाई पक्राउ गर्ने सके पीडित परिवारले न्याय पाउने थिए ।