विराटनगर /  विराटनगर – ८ बलवाइकी – १० वर्षिय गुडिया भनिने रुमति दासको छिमेकी दुई यूवाले पालैपालो गर्दै बलात्कारपछि हत्या गरेको खुलेको छ ।
मोरङ प्रहरीको विशेष अनुसन्धान टोली र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले हत्यामा संलग्न भएका दुई जनालाई पक्राउ गरेपछि प्रहरीको अनुसन्धनाबाट यस्तो खुलेको हो ।
एक साता लामो अनुसन्धान पछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरि सार्वजानिक ग¥यो ।
रुमतिलाई मुख थुनेर आलोपालोे बलात्कार गरे
हत्यामा संलग्न भएका विराटनगर – ८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । पक्राउ परेका दुवै युवा रुमतीकै छिमेकी हुन् । ‘लामो समयसम्मको अनुसन्धानपछि यस घटनामा पत्ता लगाउन प्रहरी सफल भएको छ’ एसपी केसीले भने, ‘रुमतिलाई मुख थुनेर आलोपालो गर्दै पक्राउ परेका दुई व्यक्तिले बलात्कार गरे ।

घाटी थिचेर हत्या
त्यसपछि घाटी थिचेर हत्या गरेको देखियो ।’ पक्राउ गरेका दुवै जना लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याराले लागु औषध प्रयोग गरेको पाइयो
‘रुपमतिको हत्या गर्नु अगाडी सिमावर्ती बजार जोगवनीमा गएर अब्बासले लागूऔषध ५ वटा नाइट्रोसन सेवन गरेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी केसीले भने, ‘त्यसै दिन बलात्कारपछि हत्या गर्ने योजना पनि उनीले गरेको देखियोे ।’ उनीहरुले लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सीडल लगायत लागूऔषध लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

२४ जनासँग सोधपुछ १७ जना नियन्त्रणमा
प्रहरीले यस घटनामा २४ जनासँग सोधपुछ गरिएको र जसमध्धे १७ जनालाई अनुसन्धानको दायरमा ल्याएको एसपी केसीले जानकारी दिए । ‘आइतबार आएको पोष्ठमार्टम रिपोट अनुसार पनि रुमतिको बलात्कार र घाँटी थिचेर हत्या गराएको देखाएको छ,’ एसपी केसीले भने । पक्राउ परेका दुवै जनालाई जवरजस्ती करणी गरी कर्तब्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङमा म्याद थप गरि अनुसन्धान गर्दै आएको केसीले जानकारी दिए ।

यसरी भयो हत्या
लागूऔषध प्रयोगकर्ता अब्बास विवाहित हुन् भने चन्दु अविवाहित हुन् । अब्बासको श्रीमति तीन महिनादेखी माइतमा बस्दै आएका थिइन् । अब्बासलाई तिव्र रुपम यौन इच्छा जागेपछि उनका मिल्ने साथी चन्दुलाई सुनाए । रुमतिलाई यौन सम्पर्क गरौं । चन्दुले सहमति जनाए । माघ १२ गते रातको ८ बजेको समय । घर अगाडी थइन् रुमति । चन्दुले रुमतिको मुख बन्द गरे । अब्बासले खुट्टा समाएर घरदेखि १ सय मिटर अगाडी चौरी लगे । चन्दुले सुरुमा यौन सम्पर्क गरे । त्यसपछि अब्बासले । बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरे । आलोपालो पार्दै बत्लकार गर्दा रुमतिको अचेत भइन् । बलत्कार गरेको पोल खुल्ने डरले उनीहरूले रुमतिको घाटी थिचेर हत्या गरे ।
सिंघिया खोलामा गत आइतबार दिउँसो निवश्त्र अवस्थामा रुपमतीको शव फेला परेको थियो । छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग शनिबार राति लगभग ८ बजे विदा मागेर हिँडेकी रुपमतीको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको हो ।