रङ्गेली / प्रदेश १ का मुख्यमन्त्रि शेरधन राइले प्रदेशको नाम र राधानीको टुङ्गो लागउन प्रदेश सांसदहरु सक्षम रहेको बताएका छन् ।
आइतबार आफ्नै कार्यालयमा संचारकर्मीहरु भेटघाट गदैं मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन तथा दबाबले नहुने बताए । उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएको बताए । ‘सहमती बाट टुङ्याउ छौ । त्यो हुन नसके प्रक्रियामा जान्छ । त्यसलाई अन्यथा मान्नु हुन्न ।’ उनले भने– ‘सबैको भावना प्रतिनिधित्व हुने गरी टुङ्गयाउने तयारीमा छौ ।’
मुख्यमन्त्री राइले नाम र राजधानीको विषय टुङ्याउन कुनै पनि बाहनाले नछेक्ने बताए । उनले यो विषयलाई यसै अधिवेसनबाट सक्ने विश्वास व्यक्त गरे । उनले समझदारीबाटै प्रदेशको नाम र राजधानीको प्रदेश सभामा प्रवेश गराउने बताए । उनले आइतबारबाट सुरु हुने हिउदे अधिवेसन अत्यन्त महत्व पुर्ण भएको पन िबताए । उनले महत्व पुर्ण ६ वटा विधेयक प्रदेश सभामा प्रवेश गराउने बताए ।
उनले बजेट कार्यान्वयनमा ढिलाई भएको स्विकार गरे । उनले संघीय सरकारले हस्तान्तरण गर्नु पर्ने विषय हस्तान्तरणमा ढिलाइ गर्दा यस्तो जटिलता भोग्नु परेको जिकिर गरे ।