इनरुवा/सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शहीद दिवसको सन्दर्भ पारेर हाजिरी जवाफ प्रतियोगिता समपन्न गरिएको छ ।

जनसेवा उत्थान केन्द्र भोक्राहा नरसिंह ४ सुनसरीको आयोजनामा पृथ्वीनारायण आधारभुत विद्यालय प्राङ्गणमा आयोजित प्रतियोगितामा निर्वाचन क्षेत्र नम्वर ४ मा रहेका २४ विद्यालयको सहभागिता रहेको थियो ।

निर्वाचन क्षेत्र स्तरीय अन्तर सामुदायिक मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा २० वटा सामुदायिक विद्यालय र ४ वटा मदरसाका विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजेताहरुलाई प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित उपस्थित अतिथि सहित संस्थाका अध्यक्ष सुनिलकुमार साहले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहता, कोशी गाउँपालिका उपाध्यक्ष अनिता यादव सहित प्रदेश सांसद हाजी ताहिर, पूर्व सांसद सूर्यदेव दास उराँव, नेपाली काँग्रेस जिल्ला सचिव केदार भण्डारी, वडाध्यक्ष हारुन अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा पृथ्वीनारायण आधारभुत विद्यालयका प्रअ विष्णुदेव उराँव, लक्ष्मी बैंकका अरुण केसी सहित दलिय प्रतिनिधीहरु युवराज दाहाल, रामकुमार मेहता लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिता संचालन मनोज पोखरेलले गरेका थिए भने कार्यक्रममा स्वागत मनतव्य कृष्ण अधिकारीले ब्यक्त गरेका थिए ।