इनरुवा/ शहीद दिवसको अवसर पारेर इनरुवा वडा नम्बर ३ मा कविता प्रतियोगिता आयोजना गरिएको छ ।  नगरपालिकाको कार्यालयले नगरका १० वटै वडामा प्रतियोगिता आयोजना गर्ने बताए पनि वडा नम्बर ३ मा आयोजित प्रतियोगितामा वडा ३, ४ र ५ सहित दर्माटर र जनक स्मृति विद्यालयले सहभागिता जनाएका थिए ।

वडाध्यक्ष कालुराम गुरुङको अध्यक्षतामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा शहीदको सम्झना शिर्षकमा कविता वाचन गरिएको थियो । महिलाहरुकालागि लक्षित गरी आयोजित प्रतियोगितामा सविना सिग्देल रेग्मी प्रथम भएकी छिन् ।

त्यसैगरी शोभा सिलवालले दोस्रो स्थान हात पार्दा राधा सुवेदी तेस्रो भएकी छिन् । प्रशंशा सुवेदीले भने सानत्वना स्थान हात पारेकी छिन् ।

इनरुवा नगरपालिकाकी उप-प्रमुख जमुना गौतम पोखरेल, कार्यपालिका सदस्य कालिका तिम्सिना र वडा सदस्य कृष्ण पोखरेल लगायतको उपस्थितीमा समपन्न प्रतियोगिताका उत्कृष्ठ चार प्रतियोगी नगर स्तरीय प्रतियोगिताकालागि छनौट भएको वडाध्यक्ष कालुराम गुरुङले जानकारी दिए ।

निर्णायकमा रहेका लिलानाथ सिलवाल, शशी बजगाई र विमला पोखरेलको समितिले दिएको अंकका आधारमा प्रतियोगिताका उत्कृष्ठ चार चयन गरिएको थियो । शहीद दिवसका अवसरमा वडा तहमा आयोजना भएका कविता प्रतियोगिताका उत्कृष्ठहरुलाई नगरमा आयोजना हुने प्रतियोगितामा प्रतिष्पर्धा गराई बिजेता छनौट गरी पुरस्कार वितरण गरिने उपमेयर पोखरेलले बताइन् ।