धरान / कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिका–२० मा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलको विस्तृत अध्ययन प्रतिवेदन बुधबार बुझाइएको छ । स्थानीयको राय र प्राविधिकको प्रतिवेदन समेटेर बुधबार कार्यदलले मुख्यमन्त्रि शेरधन राईलाई प्रतिवेदन बुझाएको हो ।

मुख्यमन्त्रि शेरधन राईको तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङको उपस्थितिमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा ११ सदस्यी कार्यदल गठन भएको थियो । उक्त कार्यदलले पनि ४ सदस्यीय प्राविधिक उपसमिति बनाएर अध्ययन गर्न पठाएको थियो । प्राविधिक टोलीले बmुझाएको प्रतिवेदनमा सोमबार छलफल गरि बुधबार विद्याुत पधिकरण तथा मुख्य मन्त्रिलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा कोशी करिडोर २२० प्रशारण लाइन विस्तारको रुट फर्न नसकिने निष्कर्षसहित प्राविधिक समितिले बुझाएको र सोही प्रतिवेदन जस्ताको तस्तै बुझाउने कुरा भए पछि कार्यदलमा रहेका रराजनीतिक दलका प्रतिनीधि र स्थानीयले असहमति जनाएका थिए । थियो । रुट परिर्वतन गर्दा आयोजनालाई ४२ करोड नोक्सान हुने उनीहरुले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको थियो

उक्त कार्यदलको गत सोमबार बसेको बैठकमा प्राविधिक समितिले बुझाएको प्रतिवेदन जस्ताको जस्तै मुख्यमन्त्रिलाई बुझाउने गरि निर्णय गर्न खोजिए पछि कार्यदलमा सहभागी राजनीतिक दल, स्थानीय प्राविधिक, स्थानीयवासीससिहतको ७ जनाको समुहले छुट्टै रुट परिर्वतनको प्रस्ताव अघि सार्दै विरोध जनाएको थियो । प्राविधिकहरुले दिएको प्रतिवेदनलाई निर्णय गराउन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले दवाव दिए पछि तत्कालिन एमाले नगर अध्यक्ष नारायण सुवेदी, माओवदी केन्द्रका संयोजक चोत्लुङ, नेपाली काङग्रेसका नगर सभापति तिलक राई, पाराग्लाईडिङका चालक राम राई, वडा अध्यक्ष मणिकुमार राईलगायत ७ जनाले मुख्यमन्त्रिलाई बुझाउने प्रतिवेदनमा हस्ताक्षर नगरि बाहिरिएको धरान नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । स्थानीयको समस्यालाई सम्बोधन नगर्ने देखिए पछि आफुहरुले प्रतिवेदनमा हस्ताक्षर नगरेको सुवेदीले बताए ।

माओवादी केन्द्रका संयोजक चोत्लुङका अनुसार नयाँ रुटबाट प्रशारण लाइन लादा २५ वटा पोलबाट १५ वटा मात्र लाग्छन् । दुरी पनि कम हुन्छ । स्थानीयवासी र धरानको पर्यटनका आयोजनाहरुलाई पनि सुचारु गर्न सकिने प्रस्ताव अघि सारेको बताए ।

यसले धरानको धेरै भूभाग छोएको र यहाँ पाइपलाईनमा रहेका पाराग्लाइडिङ स्कुल, बराहक्षेत्र–विष्णुपादुका–विजयपुर– भेडेटार केवलकार संचालन, एयरपोर्ट निर्माण जस्ता आयोजनालाई पूर्ण प्रभावित गर्ने नारायण सुवेदीले जानकारी दिए ।

विकल्प दिदा दिदै पनि प्राधिकरणले स्थानीयको समस्याप्रति वेवास्ता गर्न नहुने उनको भनाइ छ । कार्यदलका संयोजक प्रजिअ प्रेमप्रसाद उप्रेतीले प्राविधिक टोलीको रिर्पोट र स्थानीयको माग दुवै समेटेर मुख्य मन्त्रिलाई बुधबार साँझ हस्तान्तरण गरेको मुख्यमन्त्रिका प्रेस सल्लाहाकार धुर्व सुवेदीले जानकारी दिए ।

प्रशारण लाइनले आफुहरुलाई असर पर्ने भन्दै साविक विष्णुपादुका धरान वडा नं २० का स्थानीयबासीहरुले निर्माण कार्यमा अवरोध गरे पछि हाल काम रोकिएको थियो । मुख्यमन्त्रि शेरधन राईसहितको टोलीले स्थलगत अनुगमन गरि कार्यदल बनाइएको थियो । धरान उपमहानगरपालिकाले पनि रुट परिर्वतन गर्नु पर्ने भन्दै प्राधिकरणलाई पत्र लेखेको थियो ।