काठमाडौं  / खानेपानी मन्त्रालयका एक वरिष्ठ सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुर ‘चरम घुस्याहा’ रहेको बताएका छन् । ६ महिनादेखि मन्त्रालयमा आएका पाण्डेले केही काम नपाएको र आफु घुस नखाने भएकै कारण काम नदिएको उनले बताएका छन् ।

उनले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेर आफ्नो फेसबुकमा समेत पोष्ट गरेका थिए ।

, ‘माननीय मन्त्रीज्यू र श्रमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’–गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले लेखेका छन् ।

पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर भएका थिए । त्यसअघि उनी सुदूरपश्चिम प्रदेशमा थिए । मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको स्वार्थ पूरा नहुने देखेर आफूलाई जिम्मेवारी नदिइएको उनको भनाई छ ।

‘नेपाल सरकारको स्यानेटरी उपसमूहको १७ जनामध्ये उनी सबैभन्दा सिनियर कर्मचारी हुन । सिनियर कर्मचारीलाई जिम्मेवारी नदिनु भनेको उहाँहरुको स्वार्थ पूरा नहुने भएर नै नदिएको उनको भनाई छ ।
विना मगरको आलोचना
यस अघि पनि विना मगरको आलोचना भइरहेको छ । हिमालको दिउँ पगालेर पानी बेच्नेदेखि मेलन्ची दशै अघि नै आउने उद्घोष गरेकी मन्त्रि विनाको आलोचना भइरहेको बेला उनकै मनत्रालयका सहसचिवले काम नदिएको गुनासो बाहिर आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका अध्यक्ष प्ष्पकमल दाहालकी बुहारी पर्ने विनालाई उनकै सिफारिसमा खानेपानी मन्त्रि बनाइएको थियो । हाल भने उनको गतिविधीले दाहालसमेत रुष्ट बनेको श्रोतले बताएको छ ।