२० बर्षसम्म कर्मचारीहरुले चलाएको स्थानीय तह जनप्रतिनीधिहरुले चलाउन थालेको करिव दुई बर्ष वितेको छ । यो दुई बर्षको अवधीमा जनप्रतिनीधिहरुले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्दा जनताको नजरमा आलोचित हुन पुगेका छन् । कतिपय कर्मचारीहरुको भुलभुलैयामा परेर जनप्रतिनीधिहरु अलमलिएका छन् भने कतिपय जनप्रतिनिधीहरु असक्षमताका कारण आलोचित हुदै आएका छन् । सञ्चार माध्यमहरुले पनि एक बर्षको अवधीलाई जनप्रतिनिधीहरुलाई स्थानीय तह बुझ्नका लागि अवसर दिएका थिए । उनीहरुले गरेका कमीकमजोरीहरुलाई सञ्चारमाध्यमहरुले खासै मुद्धा बनाएनन । तर एक बर्षसम्म मिडियाका लागि परिक्षणमा रहेका जनप्रतिनिधीहरु हामीले गरेको कामबारे मिडियाले ‘आँखा चिम्लिएको’ ठानेर हो वा असक्षमताले हो, अपबाद बाहेक कुनै पनि स्थानीय तहमा सोचे अनुसारको काम नहुनु विडम्बना हो ।

जनप्रतिनिधि आफैं ठेकेदार
संघीय सरकार, अधिकांश प्रदेश सरकार र स्थानीय तहमा नेकपाको नेतृत्व हावी छ । बहुमतको सरकार वा नेतृत्वले मुलुकमा स्थायी सरकार हुन्छ र मुलुकमा कायपलट हुने आशा गरेका जनता यति बेला निराशा बन्नु पर्ने अवस्था आउनु दुभाग्य हो । जनताले निर्वाचनमा उनीहरु नेतृत्वमा पुगेर ‘आफुखुशी गरुन, आफ्नालाई जागिर खुवाउन, ठेक्कापट्टा आफ्नै मान्छेलाई पारुन, स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु आफै जेसिवी, स्काइभेटर, गाडी खरिद गरेर अवैध ढुङ्गा गिटी बालुवा, काठलगायतका सामाग्री तस्करी गरुन’ भन्ने जनताको चाहना पक्कै होइन । तर पछिल्लो समय जनप्रतिनिधीहरुको गतिविधी यस्तै देखिएको छ । स्थानीय तहको पैसाले देशविदेश भ्रमण गर्ने, अध्ययन अनुसनधानको वहानामा जताभावी खर्च गर्ने तर स्थानीय तहको भौतिक पूर्वाधार निर्माण, जनताका आधारभूत आवश्यकताको विषयमा भने मौन रहने संस्कारले जनता आजित भएका छन् । जनप्रतिनिधिहरुले यो प्रवृतिबारे चिन्तनमनन नगर्ने हो भने जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान अभिव्यक्त गर्नु सिवाय अरु केही हुने छैन् ।
सिक्किम भ्रमणको आलोचना किन
धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारी(सुवेदी)को नेतृत्वमा हालै ३० जनाको जम्बो टोली सिक्किम भ्रमणमा गएको छ । जनप्रतिनिधी, कलाकार, यातायात व्यवसायी, पर्यटनकर्मी, कर्मचारी, एक पत्रकारसहितको टोली उपमहानगरबाट भ्रमण खर्च वापत ३ लाख ५० हजार निकासा गरेर भ्रमणमा गएको विपषयमा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले उठाएका छन् । निश्चय नै भ्रमणका आ–आफ्ना उद्देश्य हुन्छन् । त्यही उद्देश्य परिपूर्ति गर्न उपमहानगरले निर्णय गरेर त्यहाँको निमन्त्रणामा टोली गएको हुनु पर्दछ ।
उद्देश्य राम्रो नियत खराव
बस पार्क अध्ययन, सिक्मिसँग भगिनी सम्बन्ध विस्तार, रेडपाण्ड महोत्सवको अवलोकनका लागि जम्बो टोली त्यहाँ गएको अनौपचारीक रुपमा सर्वाजनिक भएको छ । यो उपमहानगरको कामलाई खराव भने मान्न सकिदैन् । तर उक्त भ्रमणको उद्देश्य, फाइदा बेफाइदा, आवश्यकताबारे नगरवासीलाई कुनै जानकारी नगराउनु उपमहानगरको कमजोरी हो । सञ्चार माध्यमहरुले थाहा पाउलानकी भनेर गोप्य रुपमा भ्रमण जानुले नगरवासीमा नेतृत्वको नियमतमा प्रश्न उठाउनु स्वभाविक हो । जनताले तिरेको कर जनप्रतिनिधिहरुले कसरी उपयोग गर्दैन भन्ने खोजी गर्नु उनीहरुको अधिकार हो । उपमहानगर नेतृत्व राम्रो उद्देश्य लिएर भ्रमणमा निस्किए पनि यहाँनेर चुकेको छ । भ्रमण अघि पत्रकार सम्मेलन गरि जनतालाई जानकारी गराउन आवश्यक नठान्नु वा हिक्मत नगर्नु नेतृत्वको कमजोरी हो । धरानलाई वस पार्क चाहिएको छ । सिक्किममा साँगुरो स्थानमा व्यवस्थित बसपार्क छ । त्यो अध्ययन गर्न उपमहानगर टोली गयो र आए पछि त्यो अनुरुप बसपार्क बन्ला । आशा गरौं । तर उपमहानगरको ठोस उद्देश्यबारे जनमानसलाई जानकारी गराउन हिक्मत नगर्नुले टोलीको नियमतमा प्रश्न उठेको छ । यतिको संख्यामा जानु पर्ने आवश्यकताको विषय पनि उठान भएको छ ।
नेकपा धरान नेतृत्व जिम्मेवार हुने की नहुने ?
अव यसको भागीदार धरान उपमहानगरका नेकपाका नेताहरु पनि हुनु पर्दछ, किन की नेकपाको बहुमतको स्थानीय नेतृत्व हो । उपमहानगरको कार्यशैलीप्रति पार्टी जिम्मेवार हुनु पर्दछ । ३ वटा वडा वाहेका सबै नेतृत्व नेकपाको छ । उनीहरुको निगरानी र ऐजेण्डामा उपमहानगर नेतृत्वले काम गरिरहेको आम जनताको बुझाई हुने छ । नगर नेतृत्व बेकम्मा भयो भने र सधै आलोचित हुनु भनेको नेकपा धरान नेतृत्व आलोचित हुनु हो । उपमहानगरका एजेण्डा भनेका नेकपाका एजेण्डा हुन । कमजोर नेतृत्व भयो वा बनाइयो भने त्यसको जस नेकपामा जान्छ । निर्वाचनमा जनताको घर घरमा गएर तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेले गरेको बाचा र पार्टीको घोषणा पत्रमा भएका कुरा कति उपमहानगरले कार्यन्वयन गर्न सक्यो भन्ने कुरा अव पनि नेकपाले समिक्षाको विषय बनाउन सकेन भने उसका लागि आगामी दिन र निर्वाचन दुभाग्य हुने छन् । नेकपा नेतृत्वलाई चेतना होस् ।