धरान / विएसस्सी फिजिक विषयको प्रयोगात्मक परीक्षमा विभागी शिक्षकले मनोमानी ढंगले विद्यार्थीलाई अनुर्तीण गराएको भन्दै केन्द्रीय प्रविधि क्याम्पसमा विएससी फिजिक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विभागीय शिक्षक सिपी साहले मनोमानी ढंगले विएसस्सी फिजिक दोस्रो बर्षको प्रयोगात्मक परीक्षमा चारजना विद्यार्थीलाई नियतबस नै ० नम्बरदेखि १३ नम्बरसम्म दिएको भन्दै उनीहरुले विभागमा तालाबन्दी गर्नुका साथै विभागीय प्रमुख साहको पुत्ला समेत जलाएका छन् ।

hatisar_student1

४० पूर्णाङ्गको प्रयोगात्मक परीक्षामा २० अंकमा पास भए पनि विद्याथी हेमन्त भट्टराईको ० अंक, लोकस श्रेष्ठ, हिटलर राई र किरण निरौलाको क्रमशः देखि ११, १३ अंक मात्र दिएको उनीहरुले आरोप लगाएका छन् । प्रयोगात्मक परीक्षामा अंक दिने अधिकार विभागीय प्रमुखको भए पनि साहले नियोजित रुपमा चा र जनालाई फेल गराएको उनीहरुका आरोप छ ।

hatisar_student copy

क्याम्पसका स्ववियु सभापति सौरभ सन्जेलले नियतबस विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा फेल गरेको कारण क्याम्पसको विभागीय प्रमुख साहलाई परिर्वतनको माग गरेका छन् ।
शिक्षकहरुले विद्यार्थीहरुको ख्यालै नगर्ने, शिक्षक नियमित नआउने जसले गुणस्तरीय शिक्षा नहुने, फिजिक्स विषयलाई अन्य विषय भन्दा फरक दृष्टिकोणले हेर्ने लगायतका आरोप लगाएका छन् ।

यताविभागीय प्रमुख सिपी साहले भने कोही विद्यार्थी परीक्षामा सामेल नभएको र कोही भने सामेल भए पनि उत्तरकपीमा केही नलेखी बुझाएका कारण उनीहरु फेल भएको दावी गरेका छन् । उनीहरुलाई फेल पार्नेे नियति आफ्नो नभएको बताए ।  उनीको माग पूरा नभए बन्द, हड्तालसंगै आमरण अनसनसम्म बस्ने चेतावनी उनीहरुले दिएका छन् । २५ जना विद्यार्ती फिजिक्स तेस्रो बर्षमा अध्ययनरत छन् ।