धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन कार्कीले चितवनमा साच्चिकै गोपी भेटेका छन् ।

गाई व्यवसायलाई समेटिएको फिल्म झैं साच्चिकै गाई व्यवसाय गर्ने गोपी ढकाललाई अभिनेता कार्कीले भेटेका हुन् । कलाकार बिपिनले ढकाललको गाई फर्म अवलोकन गरेका छन् । ढकालले २०५० सालदेखि चितवनमा गाई पालन गर्दै आइरहेका छन् । अभिनेता बिपिन कार्कीले ‘गोपी’ को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका थिए । बिपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै फिल्मले ढकालजस्ता कृषकलाई हौसला दिने बताएका थिए ।

माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ ।