मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले वर्तमान सरकारलाई किशानको फापर बारी हेर्न हेलीकप्टर हैन किशानको आर्थिक उपार्जन हुने जर्सी गाई दिन सुझाब दिएका छन् ।

शनिबार मोरङको मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा भएको नेपाली काङ्ग्रेसको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजलले सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय खोल्ले निर्णयलाई व्यङ्ग्य गर्दै अहिले नेपाली जनताको गाउँबस्ती जोड्ने कालोपत्रे सडक नभएको अवस्थामा पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको बताए ।

रिजालले भने प्रधानमन्त्री जी नेपाली जनताको आवश्यकता पानी जहाज, रेलमार्ग हैन सरल र सहज यात्रा गर्न सकोस् ताकी जनताले सेवा पाएको अनुभुती गरोस् भन्दै व्यङ्ग्य गरे । उनले जनतालाई पानी जाहाज रेल ल्याउछु भन्ने अनी गाउँमा बसेका जनता अझै सडक, खानेपानी, स्वस्थ्य र शिक्षा बाट बञ्चीत हुन बिडम्बन र हास्यास्पद विषय भएको बताए । उनले बर्तमा नेकपा सरकाले जनतालई अधिकार दिने बाहानमा आर्थिक भार थपेकाले यो सरकारको अब बिकल्प खोजीने बताएका छन् ।

नेपाली कांग्रेसले जनताको जनभावन अनुसार कार्य नगरेको भन्दै जनताको जनमतले बनेको नेकपा सरकार अब जनताले नै भार महशुष गर्न थालेको र अबको निर्वाचनमा नेपाली कांग्रेस जनताको माझबाट पहिलो पार्टी बन्ने बताए । जनताको जनमत अफुहरुलाई मान्य भएकोले कांग्रेस अब गाउँ, बस्ति र सहबर बाट अझ सुधारीएर नेपालीहरुको मनमनमा बस्न सफल सुदृढ पार्टी बन्ने रिजालले बताए ।

कार्यक्रममा एक सय बढी नेता कार्यकर्ताहरु नेकपा पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको थिए । कार्यक्रमलाई नेकाका नेताहरु नागेस कोइराला, गणेश लामा, खड्ग फागो, शंकर राई , ललित अधिकारी, बबि कुमार राई, सिता कार्की, सोभा चेम्जोङ, इन्द माङ्बुङ, रोइत कार्की समेतले नेकपा सरकारको आलोचान सहित नव प्रवेशीहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए । कार्यक्रम खगेन्द्र मादेनको सभपतित्वमा सम्पन्न भएको थियो ।