धरान/ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनाङको रमणीय स्थलहरूमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ ।

मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहिनेत गरेकाले दर्शकले मन पराउने विश्वास रहेको भीमफेदी गाइजका निर्मल लामाले बताए । भीमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । मनाङ घुम्न गएका युवाहरू छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरू लुटिएको देखाइएको छ ।

मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको सङ्गीतमा रहेको गीतको सम्पादन तथा छायाङ्कन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन् ।