धरान/ अन्तर विद्यालयस्तरीय छात्र–छात्रा बास्केटबल प्रतियोगिताको शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलबाट डिपो स्कुल र लोटस विद्या बिहारले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।  छात्रतर्फको सेमिफाइनलमा डिपो स्कुलले विष्णु मेमोरियल स्कुलमाथि ३२–४ अङ्कको फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

लोटस विद्या बिहारले भने २६–२५ को स्कोरले कार्मेल स्कुललाई पराजित ग¥यो । छात्रातर्फको सेमिफाइनलमा पर्वत स्कुलले पदमलाई २२–८ र आइडलले डिपो स्कुललाई १२–५ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको फाइनलमा छात्रतर्फ डिपो र लोटस भिड्ने छन् भने छात्रातर्फ पर्वत र आइडल स्कुलको भिडन्त हुनेछ । खेल आइतबार बिहान ८ बजेदेखि हुनेछ । प्रतियोगिता जुनियर पायनियर स्कुलका पूर्व विद्यार्थीहरूको सङ्गठनको आयोजनामा जिल्ला बास्केटबल सङ्घ सुनसरी र धरान बास्केट बल सङ्घको सहयोगमा भएको प्रतियोगिताका संयोजक चिरञ्जीवि गिरीले जानकारी दिए ।