पर्यटकीयहरुको गनतब्य कोशीटप्पु अहिले हाती आतंकले हैरानी छ । मात्तिएको हात्ती बस्तीमा पसेर वर्षेनी मानिसको ज्यान लिन थालेपछि थालेको छ । अहिले कोशीटप्पु आसपासमा जनता हात्तीकै कारण आजित भएका छन् । एक वर्षेभरी खान्ने मात्र हैन ज्यानै लिने डरले सर्वसाधरण आतंकित छन भन्दा फरक नपर्ला ।

बालीनालीका लागि मुख्य समस्या हात्ती हो । यस्तै बँदेल र जंगली गाईले पनि बाली नाली खाएर हैरान बनाउँछन् । ‘लगानी लायो, हात्ती र बँदेलले खाए पछि कोशी आसपासका जनताले वर्षेनी गुनासो गर्नुको विकल्प छैन । न सरकारले यस विषयमा गम्भिरता नै लिएको छ ।

दिनभर रातभर हात्तीको त्रासमा बस्ने सर्वसधारणहरुको पिडा नमज्जाको छ तर सरकारी पक्षले विकल्प समेत नखोजेर लाचारीपन देखाईनै रहन्छ । एक बर्ष यता कोशीमा दजैनौ सर्वसाधरण हात्ती आक्रमणबाट मरेका छन भने दश वर्ष यता कोशी टप्पु वन्य जन्तु आरक्षमा छ वटा जंगली हाती मरि सकेका छन् ।

आरक्ष क्षेत्रमा १५ देखि २० वटा जंगली हाती भएको रहेको आरक्ष प्रशासन जानकार छ । आरक्ष क्षेत्रमा जंगली हाती मृत्यु हुने र जंगली हातीको आक्रमणबाट कोसी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रका सर्वसाधारणको श्रृख्लाबद्द रुपमा मृत्युले गम्भिर विषय हैन र ? ‘हाती मानव सम्यताको प्रतिक हो ।

मानव र वन्य जन्तुबीच दुरी बढ्दै जादा उनीहरुका लागि संकट सृजना हुदै छ हातीलाई संरक्षण गर्न वन जोगाउने र उनीहरुलाई खानेकुराको व्यवस्था गरिनुपर्छ । खानेकुरा अभाबकै कारण हात्ती गाउ पसे विध्वसं मच्चाईरहेको प्रष्ट छ । नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन् ।

कोशी टप्पुमा १५ देखि २० वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । एकातिर हाती मरेर क्षती भइरहेको छ।

अर्कातिर हातीले सर्वसाधाणको घर भत्काउने तथा अन्नबाली नोक्सानी पुर्याउने गरेको छ । ‘हातीका लागि बासस्थान घटीरहेको छ, मान्छेको संख्या बढीरहेको छ,’ ‘वन फडानीसँगै हातीको चरिचरन क्षेत्र घट्दो छ । अनि हाती हिड्ने कोरिडोरमै मान्छेले घर बनाएर बस्न थाले, जसले गर्दा मानिस र वन्य जन्तुबीच द्धन्द्ध बढ्दा दुबै असुरक्षित हुने क्रम पनि बढेको छ भन्न सकिन्छ ।

हाती मर्ने संख्यासँगै कोशी टप्पु आरक्ष क्षेत्रमा साउन यता दुई जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७४-०७५ मा छ जनाको मृत्यु भएको थियो । हातीको आक्रमणबाटै आर्थिक वर्ष २०७३-०७४ को अवधिमा पनि छ जनाकै मृत्यु भएको थियो । कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रमा घुम्ने सबै भाले हाती रहेका छन् ।

‘जहाँ ढोइ हाती (हजुरआमा) हुन्छ, त्यसले गु्रपको नाइकेको भूमिका खेल्छ,' कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासन स्वीकार गर्छ । कोशी टप्पु क्षेत्रमा एउटा मकुना हाती रहेको छ। यो हातीले अरुभन्दा बढी विध्वंस मच्चाउने गरेको छ। ‘मकुना हातीलाई अरु भाले हातीले कोशी पश्चिमका वस्तीतर्फ लानसँगै हिड्ने गरेपनि आधा बाटोमा पुगेपछि फेरि अरुलाई छाडेर आरक्षको प्रशासन क्षेत्र तफै नै आउने गरेको पाइएको छ ।

जसका कारण वर्षेनी कोशी आसपासका जनताले ज्यान गुमाउनु परेको छ । हातीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि त्यो प्रभावकारी हुन सकेको देखिदैन । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।

मध्यवर्ती क्षेत्रका किसानले धान, मकै, उखु र केरा खेती लगाउने गर्छन् । यी चारैवटा बाली हात्तीका लागि रुचीको आहरामा पर्छन् । आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यसरी सर्वसाधरण जनतालाई असुरक्षा महसुस भईरहेको स्थानमा सरकारले उचित समाधान खोज्नुको विकल्प छैन ।

विशेष गरेर खाता जैविक मार्गमा हात्तीको ओहोरदोहोर हुने र कहिलेकाहीँ बस्तीमा पसेर हात्तीले धनजनको क्षति पु¥याउने ठाउँमा सरकारले उपयुक्त विकल्पको खोजी गर्नु पर्छ ।

विद्युतीय तारबार व्यवस्थीत गर
कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा सरकारी खेलाची लामो समय देखि कायमै छ । वर्षेनी धनजनको ठुलो क्षती भईरहेको तथ्याक बोकेर बस्ने आरक्षले हात्तीबाट बच्न सक्ने सम्भावित प्रविधिहरु प्रयोग गर्ने सकेको छैन । सरकारबाट आएको करोडौ रकमलाई ब्यवस्थित रुपमा तारवार गर्ने नसकेको हो भन्न सकिने प्रसस्त ठाउँहरु छन् ।

कोसी टप्पु वन्य जन्तु आरक्षमा रैथाने जंगली हाती मानववस्तीमा प्रवेश गरी आतंक मच्चाए पछि सरकारले हात्ती रोक्न पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ । हातीलाई मानववस्ती प्रवेशमा रोक्नका लागि सुनसरीतर्फ विद्युतीय घेराबेरा निर्माण गर्न उक्त बजेट छुट्याइएको थियो ।

कोसी टप्पु क्षेत्रमा पर्ने सुनसरीसँगै सप्तरी र उदयपुर जिल्लाको मानववस्तीमा प्रवेश गरी स्थानीय रैथाने जंगली हातीले आतंक मच्चाउने गरेको छ । हातीले आतंक मच्चाउने क्रममा सवैभन्दा बढी सुनसरीमा मानवीय क्षती पुर्याए पछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुदा छुट्याएको रकम सुनसरीको हरिपुरदेखि प्रकाशपुरसम्म दीर्घकालिन रुपमा विद्युतीय घेराबेरा गर्न बजेट छुट्याएको पनि हात्ती आक्रमण भने रोकिएको छैन ।

प्रकाशपुरदेखि श्रीपुरसम्म १४.७ किलोमिटर वद्युतीय घेराबेरा गरेपनि हातीले घेराबेरा नजिकैको रुख लडाएर घेराबेरा बिग्रारी गाउँ प्रवेश गर्ने गरेका छन् । रेडियो कलर लगाउँदा हाती जहाँ जहाँ जान्छ इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ, गाउँ प्रवेश गर्नासाथ तत्काल रोक्न सकिन्छ ।

कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्र आसपासका मध्यवर्ती क्षेत्रमा अहिले एउटा हात्तीले बढी विध्वंस मच्चाउँदै आएपनि जम्मा १५ वटा रैथाने हाती रहेका छन् । आरक्षमा हातीसँगै अर्नाको आक्रमणबाट पनि सर्वसाधारणको ज्यान जाने गरेको छ। २०६६ सालयता अर्नाको आक्रमणबाट मात्र १२ जनाको मृत्यु भइसकेको छ ।