धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४० बेडको आकस्मिक कक्ष भवन निर्माण थालिउको छ ।
६ महिना अघि नै ठेक्का लागेर काम शुरु भएको दिन नै स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको निर्देशनामा रोकिएको थियो । रोकिएको झण्डै ६ महिनापछि मन्त्रिकै निर्देशनमा काम सुचारु भएको प्रतिष्ठानले जनाएको छ । करिब ६ महिनापछि मन्त्रालयबाट फुकुवा भएपछि पुनः बिहिबारदेखि ठेकेदार कम्पनीले निर्माण कार्य थालनी गरेको प्रतिष्ठानका उपकुलपति प्राडा.राजकुमार रौनियारले जानकारी दिए ।
आकस्मिक कक्षमा स्थान र बेड अभावले लामो समयदेखि विमारीहरुलाई भुइमा राखेर उपचार गराउदै आएको छ । एचआइभी संक्रमित, टि.बि. लगायतका संक्रामणजन्य रोग लागेका विरामीहरुलाई अलग्गै कोठामा राखेर उपचार गर्नु पर्ने भए पनि यहाँ पूर्वाधार अभावमा सबै विमारी एकै स्थानमा उपचार गराउनु पर्ने बाध्यता रहेको विभागले जनाएको छ ।
हाल ४० बेड क्षमताको आकस्मिक कक्ष विस्तार हुन लागेको हो । ६ महिनाभित्र काम सक्ने गरि सुनसकोशी र प्रजिल कम्पनि जोइन्ट भेन्चरलाई २ करोड रुपैयामा ठेक्का दिइएको अस्पतालका सहायक निर्देशक डा.विकाश साहले जानकारी दिएका छन् ।