बिर्तामोड / बिर्तामोड आयोजना हुन लागेको अन्तर्राष्टिूय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागि पर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवका लागि आफूहरु सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्टिूय स्तरको महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सव आयोजक समितिले शुक्रबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, वडाध्यक्षलगायतसँग महोत्सवका बारे छलफल गरेको थियो । छलफलमा बोल्दै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले महोत्सवलाई झापाकै गौरवका रुपमा आफूले लिएको बताए । महोत्सवमा हरेक गतिविधि पारदर्शी बनाउन उनले आयोजक समितिलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले महोत्सव सफल बनाउने निर्णय नै गरिसकेको उनले जानकारी गराए ।
प्रदेशसभा सदस्य एकराज कार्कीले मेलामा कुनै पनि स्टल खाली रहन नदिन आयोजक समितिलाई आग्रह गरे । महोत्सवको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्नेमा उनको जोड थियो । नेकपाका नेता चिन्तन पाठकका अनुसार प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्नेछन् ।
एकढिक्का भएर मेला आयोजना गर्न छलफलमा सहभागी नेताहरुले बिर्तामोड उद्योग वाणिज्य संघलाई सुझाव दिएका थिए । उनीहरुले महोत्समा सुरक्षा व्यवस्था, खानेपानी, बिजुली लगायत कुरामा विशेष ध्यान पु¥याउन आग्रह गरे । राष्टिूय तथा स्थानीय स्तरका कलाकार ल्याएर महोत्सवलाई आकर्षक बनाउनुपर्ने नेताहरुको सुझाव थियो ।
कार्यक्रममा स्वागत गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले महोत्सव सम्पूर्ण झापाबासीको शान भएकाले राजनीतिक दलको सुझाव र मार्गदर्शन चाहिने बताए । अर्का उपाध्यक्ष नारायण चिमरियाले व्यापार(व्यवसायको प्रबद्र्धनमा महोत्सवले एउटा इँटा थप्ने भन्दै तन, मन र धनले सहयोग गर्न राजनीतिक दलका अगुवालाई आग्रह गरेका थिए ।
महोत्सव अवधिभर हेलिकप्टरमार्फत जिल्लाका विभिन्न स्थल अवलोकन गर्ने व्यवस्था मिलाइने उपाध्यक्ष चिमरियाले जानकारी दिए । ठूला कलकारखानालाई महोत्सवको स्टलसम्म ल्याइदिन र भ्रातृ संगठनका जनशक्तिलाई महोत्सवमा परिचालन गरिदिन उनले दलका नेतालाई आग्रह गरे ।
महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले महोत्सवमा काठमाडौँबाट २५ तथा बंगलादेश, पाकिस्तान र भारतबाट २७ वटा स्टल रहने जानकारी गराए ।
छलफलमा कांग्रेसका सुधीर शिवाकोटी, देउमान थेबे, राम कट्टेल, नेकपाका विजय साम्पाङ, अरुण श्रेष्ठ, सुवास भट्टराई, राप्रपाका राजकुमार पोखरेल, कमल खरेल, शंकर रिजाल, राजपाका सूर्यनारायण गणेश, बिर्तामोड(२ का अध्यक्ष नगेन्द्र संग्रौला, ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ९ की वडाध्यक्ष पवित्रा पाठक लगायतले सहभागिता जनाएका थिए ।
नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको हो । मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा पाइने मेला आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने उनको भनाइ छ ।
मेला २ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीका अनुसार मेलामा २०० भन्दा बढी स्टल राखिनेछन् । महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ । मेलाको मुख्य प्रायोजन रमपम चाउचाउले गरेको छ ।