धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासायी चिकित्सक, विद्यार्थीहरु, शिक्षकहरुले आज डा. गोविन्द केशीको जीवन बचाउन माग गर्दै धरानको भानुचोकमा प्रर्दशन गरेका छन् ।
उनीहरुले बीपी प्रतिष्ठानदेखि भानुचोकसम्म ¥याली गरेका छन् । आवासायी चिकित्सक संघ बीपी प्रतिष्ठानको नेतृत्वमा विरोध ¥याली निकालिएको संघका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए ।
¥याली पछिको कोणसभामा चिकित्सक, विद्याथीहरुले सम्बोधन गर्दै डा. केशीले उठाएका जाहेज मागलाई तत्काल सम्बोधन गरि उहाँको जीवन रक्षा सरकारले गर्नु पर्ने बताएका थिए ।
डा. केशीको जीवन रक्षाका लागि दवाव दिन ¥यालीको आयोजना गरिएको प्रतिष्ठानका शिक्षक डा. अशोक ऐरले जानकारी दिए । 

गत पुस २५ गतेदेखि चिकित्सक विधेयकको विरुद्ध इलाममा अनबसेका डा. गोविन्द केशीलाई हिजो विहान काठमाण्डौ लगिएको थियो । उनको स्वास्थ्यमा गम्भीर समस्या आए पछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसियुमा राखिएको छ ।