क्वालालमपुर । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । 

गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए । 

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । 

एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । 

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ । 

यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन् । अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।” 
–––