भद्रपुर / चिकित्सा शिक्षा विधेयकका लागि सरकारद्वारा गठित कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले सरकारले डा। गोविन्द केसीको माग पूरा गरिसकेको भन्नु केटाकेटी छक्कयाए जस्तो भएको बताए । अनशनरत चिकित्सक डा. केसीलाई भेट्न इलाम जाने क्रममा झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा विहीबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
विज्ञहरुले दिएको सुझाव नसमेटिएको कुरा एक्कासी संसदमा आएको प्रति माथेमाले दुःख व्यक्त गरे । सरकारको पार्टीका नेताहरुबाट डा. केसीका अधिकांश माग विधेयकमा समेटिएका छन् भनेर भनिरहँदा माथेमाले उक्त कुरा केटा केटीलाई फकाएको जस्तो भएको धारणा राखे । पाँचवटा भन्दा बढीलाई एउटा विश्वविद्यालयले सम्बन्धन दिन नमिल्ने उनले बताए ।
प्रधानन्यायधिश शुशिला कार्कीले माथेमा आयोगले बुझाएको प्रतिवेदनमा आफु सहमत रहेको बताइन । डा. केसीका माग सरकारले पूरा गर्नुपर्ने उनको माग थियो ।
पूर्वसभामुख दमानाथ ढुङ्गनाले भ्रमणको उद्देश्य डाक्टर केसीलाई अनशन स्थगित गरी काठमाडौं फर्किन आग्रह गरिने र सरकारले वार्ताको माध्यमबाट निकास निकाल्नुपर्ने बताए । उनको जीवन रक्षा प्रमुख रहेको उनले बताए ।
इलाममा नवौं दिनको अनशन बसेका डाक्टर केसीको अवस्था बुझनलाई काठमाडौंबाट प्रधानन्यायधिश कार्की, पूर्वसभामुख ढुङ्गना, संयोजक माथेमा, सुरेन्द्र भण्डारी र डा. अभिषेकराज सिहंसहितको टोली त्यस तर्फ लागेको छ । 

डा.केसीको उपचार गर्न बीपीको चिकित्सकहरु पनि इलाममा

डा bp toli गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकहरुको एउटा टोली इलाममा रहेको छ । बुधबार विशेषज्ञ टोली पुगी डा. केशकिो स्वास्थ्य अवस्थाबारे सरकारलाई जानकारी गराएको थियो । विहीबार पुगेको टोली पनि सरकारको निर्देशनमा केही दिन बस्ने गरि त्यहाँ गएको हो ।

बिशेषज्ञ टोलीको रिपोर्ट र सुझाव पछि डा. केसीको उपचारमा निरन्तर रहन स्वास्थ्य मन्त्रालयको निर्देशन आएपछि अर्को टोली इलाम गएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा।विकास साहको नेतृत्वमा ६ जना बिशेषज्ञ चिकित्सकहरुको टोली गएको छ ।
टोलीमा डा. आशिष सुवेदी, डाअदिति महासेठ,डा. राजकुमार गजमेर, ल्याब असिस्टेण्ट केशव नेपाल र नर्स देवकान्त चौधरी सहभागी छन् । हिजो बिशेषज्ञ चिकित्सकहरुले डा केसी र विजय थापा दुवैलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपनि दुवैले मानेका छैनन् । दुवैको उपचार इलाम अस्पतालमा भइरहेको छ । त्यहाँ भेन्टिलेटरसहितको सिसियु वा आइसियु छैन । उनीहरु दुवैको विपरित माग रहेका छन् ।

546893695dr-kc-6