पथरी/ युवा पुस्तालाई लक्षित गर्दै सुरुवात गरिएको लोकप्रिय वेभ सेरिज ‘माइ वेष्ट फ्रेन्ड’को इन्ड क्लाप सेरेमोनी सम्पन्न भएको छ।  सोमबार झापाको विर्तामोडमा अवस्थित होटल हेभनमा सो नेपाली वेभ सेरिजको भब्य रुपमा इन्ड क्लाप सेरेमोनीको गरिएको हो ।

युट्युव च्यानल साकेवा मुभिजबाट उक्त सेरिज पच्चिस भागसम्म प्रशारण गरिएको थियो ।

समापन कार्यक्रममा साकेवा मुभिजका संस्थापक ज्योतिराज राईको प्रमुख आतिथ्यमा सम्पूर्ण कलाकार र निर्माण टोलीलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।

राईले स्थानीय स्तरमा पनि रहेका कलाकारहरुको पहिचानलाई स्थापित गराउन सो वेव सेरिज निर्माण गरिएको जनाए । युटु्यवमा २५ एपीसोडसम्म सो सिरिजको निर्माता रमु श्रेष्ठ राई तथा निर्देशन किरण राईले सम्हालेका थिए ।

द इस्टर्न मिडियाले निर्माण गरेको सिरिज पूर्वकै लामो सिरिजमा कलाकारहरु भूवनसिंह राई, रोस्मिता श्रेष्ठ, सागर थापा मगर, सारा राई, प्रयास घिमिरे, सलिना गुरुङ, सुरेश राई, मेघा लिम्बू, स्मृति पोख्रेल, विवेश विष्ट, अनुप राई, रमेश बुढाथोकी आदिको अभिनय गरेका थिए ।

निर्देशक किरण राईको कथा, प्रयास घिमिरे र भुवनसिंह राईको पटकथा रहेको थियो । छायांकन, सम्पादन र निर्देशन किरण राईले नै सम्हालेका थिए ।

युवा पुस्तामा लोकप्रिय उक्त वेव सेरिज भविष्यमा पुनः अर्को रुपमा निर्माण गर्ने निर्माता रमु श्रेष्ठ राईले जानकारी गराए ।