श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ ३ गते बिहीबार, १७ जनवरी २०१९ । पौष शुक्लपक्षको एकादशी तिथि १८ः३१ बजेसम्म उप्रान्त द्वादशी, नक्षत्र कृतिका १०ः५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः३० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
बन्धु वान्धवहरुबाट विशेष सहयोग मिल्ला । राजनैतिक क्ष्ँेत्रमा विशेष स्थान प्राप्त हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम गेर्न जोश जागर र हिम्मत बढ्नेछ । सामाजीक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा समाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला । अनावश्यक कामको झन्झटमा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । घरपरिवारमा धार्मिक कार्यको आयोजना होला । मन प्रफुल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा सक्रिय भइएला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कला तथा खेलकुद सम्बन्धि काममा रुची बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।