काठमाडौँ /  प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।  
विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन् । उनीहरुलाई महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो ।