वार्सवा / पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।  परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । 

“उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने ।  मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।