मधुमल्ला/ मोरङ मिक्लाजुङ माघी महोत्सव–२०७५ को अवसरमा मिक्लाजुङ स्तरीय भलिबल प्रतियोगिता गरिएको छ ।

प्रतियोगितामा उपाधिका लागि रमिते भलिबल समूह र तोरीबारी बी बीच भिडन्त हुँदै छ । नेपाल आदिवासी जनजाति महासङ्घ मिक्लाजुङ गाउँ समन्वय परिषदको आयोजनामा भएको प्रतियोगितामा ६ वटा टीम सहभागी भएको खेल संयोजक देउमान तामाङले बताए ।

हरेक वर्ष संस्थाले माघी महोत्सव सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू रहने जनाइएको छ ।