सिरहा / सिरहासहित पूर्वी तराईमा मौसममा परिवर्तन आए पछि जनजीवन प्रभावित बनेको छ । सिरहासहित पूर्वी तराईमा दुई हप्ता देखि अचानक बढेको चिसोले ,जनजीवन प्रभावित भएको हो ।
एक्कासी चिसो हावा वहन थालेपछि जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् । अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने सर्वसधारण बढी प्रभावित भएका छन् ।
बढेको चिसोको कारण न्यानो कपडा पसलहरुमा भिड लाग्न थालेको देखिएको छ । सर्वसधारण आगो तापेर बस्न थालेका छन ।
स्थानीय तहको योजना
मिर्चैया नगरापालिकाले विभिन्न विपद् व्यवस्थापनका लागि दोस्रो नगरसभाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख श्रवण यादबका अनुसार शीतलहर बढ्दै जाँदा हामीले चाँडै नगर कार्यसमितिको बैठकबाट दाउरा र कम्बल खरिदका लागि निर्णय गर्छौं । शीतलहर प्रभावित समुदायलाई दाउरा र कम्बल उपल्बध गराउने योजना रहेको छु, नगर प्रमुख यादबले बताए ।
त्यसै गरि सिरहा जिल्लाको कल्याणपुर नगरापालिकाले विभिन्न विपद् व्यवस्थापनका लागि दोस्रो नगरसभाबाट ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख सुर्यनाथ मण्डलका अनुसार शीतलहर बढ्दै जाँदा हामीले चाँडै नगर कार्यसमितिको बैठकबाट दाउरा र कम्बल खरिदका लागि निर्णय गर्छौं ।

साथै धनगढीमाई नगरपालिकाले पनि जाडो मौसममा दाउरा र कम्बल बाड्न १० लाख रुपैयाँ छुटयाएको नगर प्रमुख हरिनारायण चौधरीले बताए । यता एक्कासी बढेको चिसोको कारण जनजिवन तथा सर्वसाधारण गरिब ,विप्पन वस्ती टोल चौक चौराहामा लागोको व्यवस्थाको लागी दाउरा नगरपालिका तथा डिभिजन वन कार्यालय सिरहा तथा सम्वन्धित सरोकारवालाहरुलाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।