ओवागाडोउगोउ ।  जिहादी विद्रोहीहरुको आक्रमणमा परी उत्तरी बुर्किना फासोमा बाह्र सर्वसाधारण मारिएका छन् । 
इस्लामिक कट्टरपन्थीहरुको हिंसाको असर फैलिएको सो ठाउँमा गत बिहीबार घटना भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । 
पश्चिमी अफ्रिकी यस मुलुकका विभिन्न राज्यहरुमा सरकारले संकटकालको घोषणा गरेको थियो । सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीहरुले हिंसा मच्चाएको उल्लेख गरिएको छ । 
पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा परी एउटा घर , एक कार तथा छ ओटा पसलहरुमा क्षति पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 
उत्तरी बुर्किना फासोमा जिहादीहरुले सन् २०१५ बाट आक्रमण गर्न थालेका हुन् ।