धरान / शून्यका विरुद्ध ३ गोल गर्दै धरान १४ धरानमा जारी १९ औं गोधुली कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । धरान १७ एन्फा एकेडेमीको खेल मैदानमा विहीबार भएको खेलमा वडा नं. १४ ले वडा नं १ लाई ० का विरुद्ध ३ गोल गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

धरान १४ का तर्फबाट अभिनाश तामाङ्गले २ र बर्षात तामाङ्गले १ गोल गरेका थिए । अविनाशले खेलको २५ र ३६ मिनेटमा गोल गरेका थिए भने बर्षातले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच वडा नं. १४ का अभिनाश तामाङ्ग घोषित भए । उनलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

शुक्रबारको खेल वडा नं. १७ र २० बीच हुने आयोजकले जनाएको छ ।