ताप्लेजुङ/ निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको २९ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङमा खेलकुद कार्यक्रम शुरु भएका छन् ।

तीन दिनसम्म चल्ने खेलकुद अन्तर्गत मङ्गलबार टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । मेची सेन्टमेरिज बोर्डिङमा भएको खेलमा सिनियर छात्रतर्फ अक्सपबोर्डका विक्रम लिम्बू प्रथम र मेची सेन्टमेरिजका युगल लिम्बू द्धितीय भए ।

जुनियरमा भने नवज्योतिका राजु विष्ट प्रथम र कञ्चनजङ्घाका विशाल पाख्रिन दोस्रो बने । त्यस्तै छात्राको सिनियरमा लिटलबुद्धकी रेविका लिम्बू प्रथम हुँदा पिपुल्सकी मिङ्मालक्की शेर्पा दोस्रो र जुनियरमा ताप्लेजुङ बुद्ध बोर्डिङकी सरुना गुरुङ प्रथम र लिटलबुद्धकै विनिता तामाङ द्धितीय भए ।

भलिबलतर्फ चार खेल सम्पन्न भएका छन् । शिक्षक भलिबलमा नवज्यातिले कञ्चनजङ्घालाई हराउँदा छात्र भलिबलमा लिटलबुद्धले कञ्चनजङ्घा बोर्डिङलाई नै पराजित गरेको छ । छात्र भलिबलमा भने मेची सेन्टमेरिज ए ले सेन्टमेरिज बी लाई र अक्सबोर्डले कञ्चन एकेडेमीलाई पराजित गरेका प्याब्सनका उपाध्यक्ष गणेश सिग्देलले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तेजप्रताप सुब्बाले खेलकुद कार्यक्रमको उद्घाटन गरे ।