धरान /  गोधुली रनिङ्ग फुटबल प्रतियोगिताको १९ औं संस्करण अन्तर्गत मंगलबार भएको खेलबाट वडा नं. १९ र १३ क्वाटर फाइनलमा प्रवेश गरेका छन् । धरान १७ एन्फा एकेडेमीको खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १९ ले १२ लाई १– २ गोलको अन्तरले हराउदै क्वाटरफाइलमा आफ्नो स्थान पक्का गरेको हो । वडा नं. १३ ले वडा नं. ४ लाई ० का विरुद्ध ४ गोलको फराकिलो गोल अन्तरले हराएको थियो ।

खेलमा वडा नं. १९ का तर्फबाट विनोद राईले २ गोल गरेका थिए । विनोद राईले खेलको १६ र १७ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । यता वडा नं. १२ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको ३५ औं मिनेटमा मनिष मगरले गरेका थिए । पहिलो खेलको म्यान अफ म्याच वडा नं. १९ का विनोद राई घोषित भए ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा अशोक कटुवालको ह्याट्रिकसँगै वडा नं. १३ ले वडा नं. ४ लाई फराकिलो गोले अन्तरले क्वाटर फाइलमा प्रवेश गरेका छ । वडा नं. ४ लाई ० का विरुद्ध ४ गोल गर्दै आफ्नो जित सुनिश्चित गरेको हो । वडा न. १३ का तर्फबाट अशोक कटुवालले खेलको २९ मिनेट, ३७ मिनेट, ४४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । १७ मिनेटमा अविनाश राईले १ गोल गरेका थिए । दोश्रो खेलको म्यान अफ द म्याच अशोक कटुवाल घोषित भए । बुधबारको पहिलो खेल वडा नं. ३ र ११ र दोस्रो खेल वडा नं. १६ र ८ बीच हुने आयोजकले जनाएको छ ।