मधुमल्ला/ मोरङको मिक्लाजुङमा दोस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा कक्षा १० सम्म अध्ययन हुने १३ वटा विद्यालयका छात्र/छात्रालाई खेलमा सहभागी गराइने दीपज्योति युवा क्लबका संञ्चार संयोजक केशब खड्काले बताए ।

विधालय स्तरबाटनै खेलकुद प्रतियोगितामा विकाश गर्नु पर्छ भन्ने मुल उद्धेश्य राखी दीपज्योति युवा क्लबले अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आयोजना क्लबले गत २०७३ साल देखी सञ्चालन गदै आएको खेल संयोजक नेत्र प्रसाद दाहाल (नित्तम) ले बताए ।

उक्त प्रतियोगिता आगामी माघ ४ गते देखी १६ गते सम्म सञ्चालन हुने आयोजकले बताएकोे छ । साथै खेलमा सहभागी हुने १३ वटै विद्यालयलाई आइतबार १/१ वटा फुटबल समेत वितरण गरेको खेल सचिब दिपक कटुवालले बताए ।