धनकुटा /  साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ एक नम्वर प्रदेश देखी ७ नम्वर प्रदेशसम्म एकै साथ प्रदर्शन हुने भएको छ ।
साहित्यकार घिमिरेको धनकुटा नगरपालिका वडा नं.६, कचिडेस्थित आफ्नै निवासमा उनको ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रबारे जानकारी दिन सनिवार आयोजित पत्रकार भेलामा उनले खुसी व्यक्त गरिन् । आगामी चैत २२ गते सातै प्रदेशका फिल्म हलहरुमा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने बिनोद विष्टले बताए । वायो पिक फिल्म भएकोले जोकोहिले हेर्नै पर्ने खालको भएको उनले बताए ।
किताबमा उल्लेख गरे अनुसार सबै कथावस्तु छैन्
राष्ट्रिय र अन्तराष्ट्रिय महत्व राख्ने छुट्टै विशेषता बोकेको फिल्म भएकोले सहज रुपमा रुचाइने आशा छ, विष्टले भने, ‘सबै कलाकारले सफल अभिनय गरेका छन् ।’ साहित्यकार घिमिरेले आफुले किताबमा उल्लेख गरे अनुसार सबै कथावस्तु चलचित्रमा नसमेटिएको उल्लेख गरिन् । नब्बे प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको छ । चलचित्रको सुरु र अन्त्यमा झमक स्वयम् समेत फिल्ममा देखिने छिन् । साहित्यकार घिमिरेको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्षपूर्ण पक्ष समेटिएको मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रमा करिब ३० जना कलाकारको भुमिका रहेको छ ।
झमकको भूमिकामा अवस्था थापा र रोजिता बद्धाचार्य
चलचित्रमा झमकको अभिनयमा तीन जनाको भुमिका छ । अवस्था थापा र रोजिता बुद्धाचार्यले झमकको अभिनय गरेको निर्देशक विष्टले बताए । पटकथा तथा संवाद मुक्ति बरालको रहेको छ । दर्जनौ चलचित्रमा पटकथाको भुमिका निभाएका बरालले ‘जीवन काँडा कि फूल’ मा आइपुग्दा फरकपन पाएको पत्रकार भेलामा बताए । चलचित्रमा स्वीकृति शर्मा, टीका सुवेदी, सारिका घिमिरे, किशन सुनार, उमा गिरी लगायतले अभिनय गरेका छन् ।
स्थानीय कलाकार खुशी
झमकको फिल्म प्रदर्शन हुने भएपछि स्थानिय कलकारहरुले पनि खुशि व्यक्त गरेका छन् । फिल्ममा झमकको शुभचिन्तक भएर राष्ट्रिय पत्रिकामा लेख प्रकाशन भएको खुशि वाँड्ने जिम्मेवारी निर्वाह गरेका स्थानिय कलाकार सरोज भुजेलले भने–“आफैले खेलेकोे फिल्म हेर्न पाईने भयो, हेर्ने दिन चाँडै आए हुन्थ्यो ।” अर्का छिमेकीको भुमिका निर्वाह गरेका स्थानिय कलाकारहरु धना गुरुङ्ग र माया लामाले पनि झमकको जीवनीमा आधारित फिल्म प्रदर्शनमा आउने खवर सुन्न पाउँदा खुशि लागेको वताएका छन् । त्यसो त पत्रिकाको हक्कर भएर पत्रिका वाँड्दै झमकको घरसम्म पु¥याउन सहयोगीको भुमिका निर्वाह गरेका अर्का स्थानिय कलाकार सुरेन्द्र मगराँती पनि आफुले खेलेको फिल्म आफैले हेर्ने पाउने भएपछि खुशि लागेको वताए ।
तस्बिर÷‘जीवन काँडा कि फूल’ चलचित्रबारे जानकारी दिन साहित्यकार झमक घिमिरेको निवास धनकुटा न.पा. वडा नं.६ कचिडेमा सनिवार पत्रकार सम्मेलन गरिदै । तस्बिरः सन्तवीर लामा÷ब्लाष्ट